Sunday 18th January 2026

नेपालले अमेरिकासँग सेनाको लागि झण्डै ७ अर्व बराबरको हतियार खरिद गर्ने


तितोपाटी – नेपालले अमेरिकासँग झण्डै ७ अर्व बराबरको हतियार खरिद गर्ने भएको छ ।  नेपाली सेनाका लागि आवश्यक ६ अर्ब ९० करोड बराबरको हतियार अमेरिकाबाट खरिद गर्ने योजना बनाएको बताइएको बुझिएको छ ।

सैनिक जवानले प्रयोग गर्ने ६ हजार ४ सय ९२ थान हतियार तथा पुराना हतियार विस्थापित गर्दै १० हजार एम १६ तथा अन्य हतियार र गोलीगठ्ठा खरिदको तयारी छ । तीन अर्ब ४५ करोड चार लाख रुपैयाँ त्यसका लागि छुट्याइएको रक्षा मन्त्रालयले जनाएको छ ।

रक्षाका अनुसार सेनाले प्रयोग गरेका पुराना हतियारलाई प्रतिस्थापन गर्दै १० हजार थान एम १६ सिरिजका हतियार खरिदका लागि दुई अर्ब १९ करोड ४१ लाख बजेट विनियोजन भएको छ । यसैबीच सरकारले सेनाका लागि भारतबाट खरिद गरेको सैन्य सामग्रीको तिर्न बाँकी सवा तीन अर्ब तत्काल तिर्ने भएको छ । नेपालले २०६३ पछि हतियार, गोलीगठ्ठा र यातायातका साधन खरिद गरेको ३ अर्ब २१ करोड भारतलाई तिर्न बाँकी छ ।

सैन्य मामिलाबारे काठमाडौंमा बसेको द्विपक्षीय परामर्श समूहको १३ औँ बैठकमा नेपालले तिर्न बाँकी रकम यथाशीघ्र तिर्ने प्रतिबद्धता जनाएको छ । यसअघि सरकारले उक्त रकम मिनाहा गर्न कूटनीतिक च्यानलमार्फत आग्रह गरे पनि भारतले चासो देखाएको थिएन ।

-न्यूज२४


सम्बन्धित शीर्षकहरु

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको नेतृत्वलाई स्वीकार गर्ने निर्णय गरेको छ । सो…

प्रतिकृयाहरू
...