Saturday 28th March 2026

कुवेतमा सडक दुर्घटनामा फेरी एक नेपालीको मृत्‍यु


हरि कृष्ण न्यौपाने- दाङ घर भई कुवेतमा कार्यरत लक्ष्मण बहादुर खत्रीको सडक दुर्घटनामा परि डिसेम्बर-०७, शुक्रबार २०१८ का दिन मृत्‍यु भएको छ। मृतक खत्रीलाई गत नोभेम्बर-२३ तारिक,२०१८ का दिन सबारी साधनले ठक्कर दिएर घाइते बनाए पछी उपचारका लागी अस्पताल पुर्याईएकोमा उनको उपचारकै क्रममा गत शुक्रबार मृत्‍यु भएको हो । 

नेपाली दुताबास कुवेतका दितिय सचिब ज्ञान बहादुर मगरले तितोपाटी डटकमसंग भने”इस्को( इन्टरगल सर्भिसेज कम्पनी)कुवेतमा काम गर्दै आएका भए पनि मृतक खत्री केही समय पहिले मात्र उक्त कम्पनी छोडि अबैधानिक रुपमा काम गर्दै आएका थिए।मगरले थपे” इस्को कम्पनीले मृतक लक्ष्मण बहादुर खत्री बिरुद्द गत नोभेम्बर ३,२०१८ का दिन मात्र कम्पनी छोडेर भागेको”भगुवा मुद्दा” दायर गरिएको देखिन्छ। तर पनि दुताबासले मृतकको शब नेपाल पठाउने कानुनी प्रकृया शुरु गर्दै शब पठाउन लाग्ने पैसा र मृतकले पाउन बाँकी रकमको लागी ऊक्त कम्पनिमा अनुरोध गरेको छ।”

कम्पनिले अझै शब पठाउन पैसा दिने-नदिनेबारे निर्णय गरिसकेको छैन। यदी पैसा नदिएमा नेपाली समुदाय कुवेतसंग शब पठाउनको लागि आर्थिक सहयोगको लागि अनुरोध गरिने बताउदै मगरले भने”खत्रीको सडक दुर्घटनाको कारण मृत्‍यु भएकोले मृतकको परिवार संग पावर अफ अटर्नी( मन्जुरी नामा) लिएर उनको परिवारले पाउन सक्ने सडक दुर्घटना बिमा(इन्सुरेन्स)को लागि पनि दुताबासले आबश्यक कानुनी सहयोग गर्ने छ। 


सम्बन्धित शीर्षकहरु

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

कुवेतमा आज २५ मार्चका दिन परेको अविरल झरिपछि राजमार्गहरू पानीले भरि भराउ भएपछि सरकारले ट्राफिक व्यवस्थापनका लागि केहि राजमार्गहरूलाइ अस्थायी…

प्रतिकृयाहरू
...