Friday 19th April 2024

ललितपुरकी बालिकालाई गोंगबु लगेर बलात्कार


तीतोपाटी-ललितपुर महानगरपालिका–२८ हरिसिद्धि बस्ने उदयपुरकी १२ वर्षीया बालिका बलात्कृत भएकी छिन्।

बालिका बलात्कारको आरोपमा सातदोबाटो बस्ने दोलखाका २१ वर्षीय राजेन्द्र नेपाली र सोही ठाउँ बस्ने २७ वर्षीय सुरेश नेपालीलाई प्रहरीले पक्राउ गरेको छ।

मंसिर १७ गते सातदोबाटोमा हिंडिरहेको अवस्थामा अभियुक्तद्वयले बालिकालाई पशुपति घुम्न जाँउ भनी काठमाडौं गोंगबुस्थित गेष्ट हाउसको कोठामा लगेर बलात्कार गरी फरार भएको भन्ने उजुरीको आधारमा महानगरीय प्रहरी बृत्त सातदोबाटोको प्रहरी उनीहरुलाई बुधबार राति पक्राउ गरेको हो।

पक्राउ परेका दुवैजनालाई अनुसन्धानको लागि महानगरीय प्रहरी बृत्त महाराजगञ्ज काठमाडौं पठाइएको ललितपुर प्रहरीले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

बतास आइ सक्यो मनमा कुन्नि के भयो संसार कै राम्री हजुरको सम्झना आयो भेट हुन्छ हाम्रो आशा मनमा छ यी…

बालकृष्ण घिमिरे , काभ्रे - बा र बाका बा (हजुरबा)हरु गरिव थिए । बिहान खाए बेलुका के खाउँ भन्ने चिन्ता…

विश्वको सबैभन्दा ठुलो लोकतान्त्रिक देश भारतमा नयाँ सरकार चुन्न आज शुक्रबारबाट आम चुनाव हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका…

प्रतिकृयाहरू
...