Friday 3rd May 2024

शिल्पी संघ नेपाल – कुवेतले छिट्टै अधिबेशन गर्ने


तितोपाटी – शिल्पी संघ नेपाल – कुवेतले छिट्टै अधिबेशन गर्ने तयारी गरेको छ । नेपालको पुर्ब मेची देखि पश्चिम् महाकाली सम्मका कुवेतमा कार्यरत नेपालीहरू लार्इ ‘दलित’ नाम नरुचाउनेहरु मात्र शिल्पी संघमा आबद्ध हुन शिल्पी संघ नेपाल – कुवेतले आह्वान गरेको छ ।

मानव समाजको बिकास क्रम संग संगै नेपाली समाज संचालनका आधारभुट बस्तुको खोज, उत्पादन र बिकासमा शिल्पी समुदायको महत्त्वपूर्ण योगदान रहेको छ । राज्यले शिल्पी समुदायलाई सम्मानजनक पहिचान, राजनीतिक अधिकार र समानुपातिक प्रतिनिधित्वको अधिकार ग्यारेन्टी गर्नु पर्ने, संविधान सभा द्वारा जारी संविधानमा पूर्ववत् दलित शब्द कायम राखी मानवताको कलंक जातीय भेद भेदभाव लाई निरन्तरता दिदै शोषण र दमन गर्ने प्रवृत्ति हटाउनु पर्ने र दलित शब्दको विकल्पमा शिल्पी शब्द राख्न दबाब दिनको लागि शिल्पी संघको स्थापना भएको शिल्पी संघ नेपाल कुवेत गठनको पहलकर्ता बिकल्पले बताएका छन ।

बिदेशी भूमिमा बाध्यता वा बिभिन्न परिस्थितिका कारण परदेशिए पनि हजारौं वर्ष देखि आसन, रासन र शासनाधिकार वाट बञ्चित शिल्पी समुदाय र अन्य उत्पीडित समुदायको संघर्ष संगै सम्पुर्ण बल ताकत सहित संघर्षमा उत्रने संयोजक गोपाल गदाइलीले बताएका छन ।

आगामी अधिवेशनमा भाग लिन चाहनेहरुले निम्न व्यक्तिहरुसंग सम्पर्क गर्न संयोजक गोपाल गदाइलीले अनुरोध गरेका छन्।

गोपाल गदाइलीले (६६५४२५१०), दिपेश नेपाली (९८५१२०८६),सबिन लाम्मगाछे (९५५३०२७५), मुना गतराज (६६११९८४३), राम नेपाली (९८१०३८९१), करण गौतामे (६६०११९७६), प्रसनता परियार (६६९६९३४६)


सम्बन्धित शीर्षकहरु

नारायण कोइराला - पाल्पा साहित्य समाजको आयोजनामा अग्रज साहित्यकार नलराज शास्त्री नेपालको सम्मान तथा साहित्यकार पुष्कर अथक रेग्मीद्वारा लिखित सेनकालीन…

दक्षिण चीनको क्वाङतोङ प्रान्तमा भारी वर्षाका कारण राष्ट्रिय राजमार्ग एस१२ को एक हिस्सा भत्किएको छ । पछिल्लो अपडेट अनुसार दुर्घटनामा…

क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे मे सिमनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्। ओटावामा…

प्रतिकृयाहरू
...