Wednesday 21st January 2026

खोटाङ कुवेत सम्पर्क मञ्च कुवेत द्वारा, आर्थिक सहयोग हस्तान्तरण


तीतोपाटी-विगत केही महिना पहिले कुवेतमा सवारी दुर्घटनामा ज्यान गुमाएका खोटाङ कुवेत सम्पर्क-मञ्च कुवेतका सदस्य निर कुमार राइको परिवारलाइ खोटाङ कुवेत सम्पर्क-मञ्च कुवेतले ७७ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ। उक्त रकम आज एक विशेष कार्यक्रमको आयोजना गरि मृतक परिवारलाई हस्तान्तरण गरिएको छ।

मझुवा रुपाकोट नगरपालिका-२ सोलमा निबासी नीर बहादुर राइको एक छोरी र श्रीमती घरमा छन। मृतक राइकी छोरिको शिक्षा दिक्षाका लागि भनी संस्थाले उक्त सहयोग रकम सहयिग गरेको हो। खोटाङ जिल्लाका सभासद हिरा गुरुङ, पुर्ब जिबिस शभापती बिष्णु कुमार राई, नेपाली काङ्ग्रेस जिल्ला सभापति नरेश कुमार श्रेष्ठ लगायत अन्य बुद्धिजीवी र पत्रकारहरुको उपस्थितिमा मृतक राइकि श्रीमती सरु राइलाइ हस्तान्तरण गरिएको छ। उक्त हस्तान्तरण गरिएको रकम खोटाङ कुवेत सम्पर्क मञ्चले संस्थाका सदस्यहरुबाट संकलन गरेको हो।


सम्बन्धित शीर्षकहरु

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

प्रतिकृयाहरू
...