Saturday 28th March 2026

कुवेतमा भिसा नबिकरण गर्नु पहिले सम्पूर्ण नेपालीहरुले फिङर प्रिन्ट गर्नै पर्ने


हरि कृष्ण न्यौपाने-कुवेतमा रहेर काम गर्ने सम्पूर्ण नेपाली कामदारहरुले आफ्नो कुवेतको भिसा नबिकरण गर्नु पूर्व फिङर प्रिन्ट गर्नै पर्ने भएको छ।कुवेतको गृह मन्त्रालयले एक सुचना प्रकाशित गर्दै भनेको छ”कुवेतमा रहेका हरेक क्षेत्रमा काम गर्ने सबै बंगलादेशी र नेपाली आप्रबासी कामदारहरुले आफ्नो कुवेतको भिसा नबिकरण गर्नु पहिले फिङर प्रिन्ट(फिङर स्क्यानिङ/ औलाको छाप) गर्नै पर्ने छ, होइन भने उनिहरुलाई भिसा नबिकरणको अनुमती दिईने छैन।”

गल्फ डिजिटल न्यूजमा नोभेम्बर १४,२०१८ बुधवारका दिन प्रकाशित समाचारमा भनिएको छ”कुवेतको गृह मन्त्रालयबाट प्रकाशित बिज्ञप्तीका अनुसार मन्त्रालयको भिसा नबिकरणका लागि फिङर प्रिन्टको नयाँ नियम कुवेतमा रहेका सबै बंगलादेशी तथा नेपाली कामदारहरूलाई जारी गरिएका सबै प्रकारका अनुमति(भिसा)हरूमा लागू हुनेछ।समाचारका अनुसार कुवेतको अपराध अनुसन्धान शाखा प्रमुखको आग्रहमा गृहमन्त्रालयले यो नयाँ नियम शुरु गरेको हो भने यसरी फिङर प्रिन्ट गर्नाले जस्तो सुकै अपराध गरेको भए पनि अपराधीलाई फिङर प्रिन्ट(औलाको छाप)को आधारमा पक्राउ गर्न सकिने छ र कोही पनि अपराधी उम्कन पाउने छैनन।”

यसै बिच नेपाली दुताबास कुवेतले कुवेतमा रहेका सम्पूर्ण नेपाली कामदारहरुलाई आफ्नो भिसा नबिकरण पहिले फिङर प्रिन्ट गर्नै पर्ने बारे कुनै अधिकारिक परिपत्र वा जानकारी नआएको बताएको छ।दुताबासका अधिकारीका अनुसार”नोभेम्बर-०२-२०१८का दिनबाट भिसा नबिकरणका लागि प्रकृया शुरु गर्ने सबै क्षेत्रका नेपाली कामदारहरुका लागि फिङर प्रिन्ट गर्नै पर्ने बारे दुताबासमा गुनासो र सोधपुछका लागि धेरै नेपालीहरुले फोन गर्ने गरेका छन।”

स्मरण रहोस,पछिल्लो समय कुवेतमा कार्यरत नेपाली कामदारहरु बिभिन्न लागू-औषध ओसार-प्रसार,बिक्री-बितरण,प्रयोगमा,घरेलु तथा आयातित मदिरा उत्पादन, बिक्री तथा सेबनमा,झै-झगडा देखी ज्यान मार्ने सम्मका घट्नाहरुमा,यौन ब्यबसाय गर्ने-गराउने सम्मका घट्नाहरु,समयमा काममा नजाने, जुवा-तास खेल्ने,अरुलाई बिभिन्न बहानामा ठग्ने लगाएत र कुवेतमा गर्नु नहुने कामहरु गरेको अभियोगमा पक्राउ पर्दै आएका छन।यसले नेपालको राष्ट्रियता र कुवेतमा रहेका सम्पूर्ण नेपाली नागरिकहरुको इमान्दारितामा समेत आँच आउने निश्चित छ भने राम्रो काम गर्ने, मेहनती र इमान्दार नेपाली कामदारहरुको पहिचान समेत गुम्ने स्थितीमा पुगेको छ।


सम्बन्धित शीर्षकहरु

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

कुवेतमा आज २५ मार्चका दिन परेको अविरल झरिपछि राजमार्गहरू पानीले भरि भराउ भएपछि सरकारले ट्राफिक व्यवस्थापनका लागि केहि राजमार्गहरूलाइ अस्थायी…

प्रतिकृयाहरू
...