Wednesday 26th August 2026

आदीवासी जनजाती महासंघ, कुवेतको तेस्रो अधिवेशन ३० नोवेम्बर हुने


तीतोपाटी-नेपाल आदिबासी जनजाती महासँघ कुवेत शाखाको  तेस्रो ऐतिहासिक अधिवेशन यही आउदो आगामी ३० नोवेम्बर २०१८ शुक्रबार को दिन हुने भएको छ । उक्त अधिबेशन महासंघमा आवद्ध ८ वटा जातीय संस्था द्वारा आ-आफ्नो जातीय राष्ट्रिय संस्कृति झल्कने भेषभुषा सहित झाकी तथा मनोरञ्जनात्मक सांस्कृतिक प्रतुती हरुको साथ सम्पन्न गर्ने भएको छ । 

आगमी नोभेम्बर ३० मा आयोजना हुने आफ्नो तेस्रो ऐतिहासिक लाई सब्य र भब्य गर्न को लागि कार्यक्रम संयोजक समिति तय गरेको छ जस्मा बल बहादुर काम्बाङ को संयोजकत्वमा सात सदस्यीय रहेको छ जस अन्तर्गत जिम्मेवार बाड्फाड पनि गरिएको छ । कार्यक्रममा कुवेतमा  सबै जनजाती संस्थाहरुलाई आफ्नो जातीय भेषभुषामा बाक्लो उपस्थिती जनाई कार्यक्रम सफल बनाउन महासँघले सम्पूर्ण जनजाती संस्थाहरुलाई अनुरोध गरेको छ ।

उक्त दिन कुवैतमा कृयाशिल सम्पूर्ण संघ-सस्था, सामजसेवी, बुद्दिजिबी,भद्रभलाद्मी, पत्रकार,कलाकार,खेलाडी,राजनीतिज्ञ,सम्पूर्ण कुवेतवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढाईदिनुहुना हार्दिक निमन्त्रणा गदै चुले निम्तो दिदै  आयोजक आदिवासी जनजाति महासंघ कुवेत ले हार्दिक बिनम्र अनुरोध गरेका छन ।

कार्यक्रम सम्बन्धी थप जानकारी:-

कार्यक्रम: तेस्रो ऐतिहासिक अधिवेशन 

मिति: नोवेम्बर ३० तारिक २०१८  शुक्रबार

समय: बिहान् ठिक ११ बजे देखी

स्थान: फर्वानिय आइडियल अडिटोरियम हल

आयोजक: आदिवासी जनजाति महासंघ कुवेत


सम्बन्धित शीर्षकहरु

नोबेल पुरस्कार विजेता बेलायती भौतिकशास्त्री सर रोजर पेनरोजले हाम्रो ब्रह्माण्डभन्दा अघि पनि अर्को ब्रह्माण्ड अस्तित्वमा रहेको हुन सक्ने र त्यसको…

टर्कीले करिब १,५०० किलोमिटर दूरीसम्म मार हान्न सक्ने ‘Tayfun Block-4’ ब्यालिस्टिक मिसाइल विकास गरेको टर्किस सञ्चारमाध्यमले जनाएका छन्। यसको दायराभित्र…

कुवेतमा कार्यरत नेपाली श्रमिकका लागि न्यूनतम पारिश्रमिक १५० केडी, नभए पनि कम्तीमा १२५ केडीभन्दा कममा श्रमिक पठाउन नहुने सांसद क्षितिज…

प्रतिकृयाहरू
...