Thursday 26th March 2026

कुवेतमा १०९ अाैं लक्ष्मी जयन्ती भब्यताका साथ मनाइयो


तितोपाटी – अन्तर्राष्ट्रिय साहित्य समाज कुवेत शाखाको आयोजनामा १०९ अाैं लक्ष्मी प्रसाद देबकोटाको जन्म जयन्ती तथा रचना वाचन कार्यक्रम कुवेतको जिलिब स्थित पपिन्स हलमा आज भब्यताका साथ सम्पन्न  भएको छ ।
अन्तर्राष्ट्रिय साहित्य समाज कुवेत शाखाको अध्यक्ष हिमाल अन्जान यात्रीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली राजदुतावास कुवेतका प्रथम सचिब भोगेन्द्र लिङ्देन प्रमुख अतिथि रहेका थिए भने विशेष अतिथिमा नारायण प्रसाद अधिकारी र अतिथिहरुमा माउन्ट एभरेष्ट स्पोर्टिङ क्लबका अध्यक्ष ईन्द्र प्रसाद पोखरेल, परदेशी खबर डटकमका प्रधान सम्पादक नैना कला राई , पत्रकार महासंघ कुवेत शाखाका प्रतिनिधि माधव शाही , जिफन्त सपोर्ट ग्रुपका अध्यक्ष गणेश रावत, नया शक्ति पार्टी कुवेतका महासचिव जयनारायण थारु , तितोपाटी डटकमका सम्पादक तथा फोटो पत्रकार चन्द्र बिश्वकर्मा, मनकामना मिडिया डटकमका सम्पादक बिजय लामा, हिमाली संचारका सम्पादक कमल सिम्ताली, लुम्बिनी सेवा समाज कुवेतका अध्यक्ष रुपेन हमला, निरेम प्रोडक्सनका राज मल्ल, प्रेम जिमि रहेका थिए ।
राष्ट्रिय गान बाट कार्यक्रमको शुरूवात गरिएको थियो भने सभापति, प्रमुख अतिथि, विशेष अतिथिले दिप प्रज्वलन गरि सामुहिक रुपमा लक्ष्मी प्रसाद देवकोटाको तस्बिरमा पुष्प अक्षता अर्पण गरी कार्यक्रमको उद्घाटन गरेका थिए । अन्तर्राष्ट्रिय साहित्य समाज कुवेत शाखाका महासचिव राज श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम संचालन सल्लाहकार तथा गजलकार अमर खड्काले गरेका थिए । कार्यक्रममा रुपेन हमाल , गणेश रावत, नैना कला राई , इन्द्र प्रसाद पोखरेल र माधव शाहीले शुभकामना मन्तव्य राखेका थिए भने कार्यक्रमका प्रमुख अतिथिले शुभकामना मन्तव्य साथमा निकै मार्मिक कविता वाचन गरेका थिए ।
कार्यक्रममा साहित्य प्रेमी गगन बिष्ट , बद्री न्यौपाने, प्रबिन आचार्य, तिलाचन बस्याल, राज श्रेष्ठ , चन्द्र बिश्वकर्मा लगायत विभिन्न ब्याक्तित्वले रचना वाचन गरेका थिए । कार्यक्रमको अन्त्यमा सभापति हिमाल अन्जान यात्रीले निकै मार्मिक साहित्य रचना वाचन गर्दै कार्यक्रम सब्य र भब्य रुपमा सफल पार्न उपस्थित प्रमुख अतिथि, अतिथि, समाजसेवी , बुद्धिजीवी, भद्रभलाद्मि, व्यबसायी, पत्रकार, कलाकार साथै सम्पूर्ण उपस्थित नेपाली दाजुभाइ तथा दिदिबहिनीलाई हार्दिक धन्यवाद व्यक्त गर्दै कार्यक्रमको समापन गरेका थिए ।

 

Chat Conversation End

सम्बन्धित शीर्षकहरु

-गुलाम नवि मन्सुर/कुवेत नेपालको राजनीतिक इतिहासमा आगामी १३ गते हुन गइरहेको नयाँ प्रधानमन्त्रीको शपथ ग्रहण तथा मन्त्रिपरिषद् विस्तार केवल एउटा…

यो युद्ध कहाँ जाँदैछ र किन अन्त्य गर्न गाह्रो छ?”—वास्तवमा अहिलेको मध्यपूर्वको सबैभन्दा जटिल र निर्णायक प्रश्न हो। यहाँ सतहमा…

मध्यपूर्वको अस्थिर भू-राजनीतिक परिदृश्यबीच हालै विकसित घटनाक्रमले फेरि एकपटक अन्तर्राष्ट्रिय शक्तिहरूबीचको गहिरो अविश्वासलाई उजागर गरेको छ। Group of Seven द्वारा…

प्रतिकृयाहरू
...