Tuesday 14th July 2026

तमु प्ये ल्हु संघ,कुवेतले तमू ‘फो- ल्होसार जनवरी ४ तारिख मनाईने


तीतोपाटी- तमु प्ये ल्हु संघ,कुवेतले सदाको वर्ष झैँ यसपाली पनि तमुहरुको महान पर्ब तमू ‘फो- ल्होसार बिभिन्न सँस्कृतिक कार्यक्रमको साथ जनवरी ४ तरिक २०१९ शुक्रबार दिन कुबेत को फर्वानियास्थित आइडियल अडिटोरियम हलमा भब्य रुपले मनाउने भएको छ।

प्रवासी भूमिमा रहेर पनि आफ्नो मौलिक जातिय पहिचान, भाषा, सँस्कार र सँस्कृतिको संरक्षण गर्नुको साथै विभिन्न सामाजिक सेवामा निरन्तर आफ्नो हात फैल्यउदै आइरहेको तमु प्येल्हु संघ,कुवेतले हरेक वर्ष तमु ल्होसार भब्यताको साथ मनाउदै आइरहेको छ। कुवेत को नेपाली समाज मा पनि धेरै कार्यक्रम को रुपरेखा तयार भएको छ भने आफ्नो स्थापना देखी नै हरेक कार्यक्रम सफल बनाउदैआएको तमु प्ये ल्हु संघ,कुवेतले “तमु फो-ल्होसार” (मृग बर्ग) को ल्होसारलाइ भब्य र सब्य पर्न को लागि आफ्नो गुरुङ पहिचान र मौलिकता झल्काउने खालका नृत्य र गीतहरुले अतिथि हरु लाई संस्थाका कलाकर भाई बहिनी हरु को जोडदार प्रस्तुती को साथ मनोरञ्जन दिने छन। अस्ती शुक्रबार कुबेत सिटी मा तमु प्ये ल्हु संघ,कुवेतको अध्यक्ष उमा गुरुङ को अध्यक्षतामा बसेको बैठकले तमू ‘फो- ल्होसार जनवरी ४ तरिक मनाउने निर्णय गरेको हो ।

उक्त दिन कुवैतमा कृयाशिल सम्पूर्ण संघ-सस्था, सामजसेवी, बुद्दिजिबी, भद्रभलाद्मी, पत्रकार, कलाकार, खेलाडी, राजनीतिज्ञ एवं सम्पूर्ण कुवेतवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढाईदिनुहुना हार्दिक निमन्त्रणा गदै चुले निम्तो दिदै अध्यक्ष उमा तमुस्यो ले हार्दिक बिनम्र अनुरोध गरेका छन।

आयोजक : तमु प्ये ल्हु संघ,कुवेत
कार्यक्रम : तमु ‘फो-ल्होसार
स्थान : फर्वानिय आइडियल अडिटोरियम हल
मिति/समय : ४ जनावरी २०१९ शुक्रबार बिहान ठीक ११ बजे


सम्बन्धित शीर्षकहरु

इरानको सैन्य कमान्ड खातम अल–अन्बिया केन्द्रीय मुख्यालय (Khatam al-Anbiya Central Headquarters) का प्रवक्ताले सोमबार (१३ जुलाई) जारी गरेको विज्ञप्तिमा अमेरिकाले…

अमेरिकामा बस्दै आएका इरानी मूलका एक इन्जिनियरलाई अमेरिकी सरकारले नियन्त्रणमा राखेका प्रविधि इरानमा निर्यात गरेको अभियोगमा दोषी ठहर गरिएको छ।…

बैंगन (भण्टा) एक पौष्टिक र स्वास्थ्यका लागि लाभदायक तरकारी हो। यसमा फाइबर, भिटामिन, खनिज तथा एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइने भएकाले…

प्रतिकृयाहरू
...