Friday 20th March 2026

बलिवुड नायिका कंगना रनावतबारे थरिथरि चर्चा


तितोपाटी – अभिनेत्री कंगना रनावतलार्इ फरक दुई डाइमेन्सनबाट हेर्ने गरिन्छ । एकातिर उनको छवि निकै खराब छ । अर्कोतिर उत्तिकै शसक्त पनि । केही समयअघि उनी निकै विवादित बनिन् । विवादको मियो उनी आफै थिइन् । अभिनेता हृतिक रोशनसँगको सम्बन्धबारे अनेकन कुरा गरेर चर्चा एवं विवादमा तानिएकी कंगनाले लामो समय बलिउडमा भूँइचालो ल्याइरहिन् । यसको पराकम्पनले रणवीर कपूरसम्मलाई थर्कमान बनाइदियो । कंगनाका पूर्व ब्वाइफ्रेन्डले त कंगनाको खराब चरित्रबारे अत्याउने खालको कुरा सार्वजनिक गरिदिए । जतिबेला कंगना विवादको चुरोमा थिइन्, त्यसबेला उनलाई बलिउड इभेन्टमा निम्तो गर्न छाडिएको समेत चर्चा चल्यो ।

त्यसो त उनै कंगनालाई बलिउडमा यस्ती अभिनेत्री मानिन्छ, जसले सिंगो फिल्म डोहोर्‍याउने क्षमता राख्छिन् । कतिपय फिल्ममा उनले हिरोले भन्दा बढी पारिश्रमिक लिएको चर्चा पनि बेलाबखत चलेको हो । कंगनाको केही यस्ता फिल्म छन्, जसमा उनले शसक्त केन्द्रिय भूमिका निर्वाह गरेकी छिन् ।यतिबेला उनै कंगनाको केन्द्रिय भूमिका रहेको फिल्म ‘मणिकर्णिकाः द क्विन अफ झाँसी’ चर्चामा छ । यो फिल्मका प्रचारका लागि उनी जोडतोडले लागिपरेकी छिन् ।

फिल्म प्रचारकै सिलसिलामा उनले केही व्यक्तिगत कुरा पनि खोल्दै आएकी छिन् । संचारकर्मीले उनलाई सोधेको थियो, ‘कंगना र लक्ष्मीबाईमा के कुरा समान छ ?’

जवाफमा उनले रानी लक्ष्मीबाईले आफ्नो जीवनमा एकदम धेरै समस्याको सामाना गर्नुपरेको बताएकी छिन् । साथै आफुले पनि त्यस्तै जीवन बाँचिरहेको बताएकी छिन् । उनी चाहँदैनन् कि आफ्नो बच्चाले पनि यस्तै किसिमको जीवन विताउनु परोस् । हुन त आफु जुन समस्याबाट गुजि्ररहेका छन्, त्यसप्रति कुनै गुनासो नरहेको पनि उनले स्पष्ट पारेकी छिन् ।


सम्बन्धित शीर्षकहरु

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

प्रतिकृयाहरू
...