Saturday 11th July 2026

लघुकथाः दाजुभाई


नारायण प्रसाद पोख्रेल – एउटा गाउँमा गरिब बाबुआमाका ३ सन्तान थिए । पहिलो सन्तान छोरा ,उ पछिको छोरी र कान्छो सन्तान छोरा । अभावले गर्दा जेठो छोरा र छोरीले ५ कक्षा भन्दा बढी पढ्न पाएनन । छोरीको सानै उमेरमा बिहे गरिदिए। जेठो छोराको जोडबलले कान्छोले पढाई लेखाई गर्ने मौका पायो । गाउँको स्कूलबाट १० पास गरेपछि क्याम्पस लेभल पढाउनको लागि जेठोले भाइलाई शहरमा पठायो र आफु मजदुरी गर्दै बाउआमासंग बसेर उनीहरुको सेबा गर्न थाल्यो । उसले भाइलाई पढाउनको लागि उसको मजदुरीले मात्र नपुगेर धेरै ठाउँमा ऋण समेत लिएको थियो ।

कान्छोले पढाई सके पछि शहरमा ठुलो कम्पनीमा जागिर पायो । धन कमाउन थालेपछि उसले आफ्नो कमाइ बाट शहरमा घर किन्यो । ठुलो कहलिएको कम्पनीमा जागिर गर्ने भएकाले उतै शहरमा राम्रै खानदानकी केटीसंग बिहे पनि गर्यो । पढाई सकेर भाइले राम्रो जागिर गर्दैछ भन्ने कुरा थाहा पाएपछि उसका बाबुआमा र ठुलो दाईको खुशीको सिमा थिएन । अब त सुखका दिन आउने भए भन्दै सबै जना खुशी थिए । एकदिन कान्छोले श्रीमती लिएर गाउँमा गयो । साँझको खानपिन पछि सबै जना बसेर दुःख सुखका कुरा गर्न थाले । ढल्नै लागेको घरको छानो फेर्नुपर्ने र अलिकता भएको ऋण तिर्नुपने कुरा चल्दै थियो, कान्छोले भोलि कुरा गरौला भन्दै सुत्ने तरखरमा लाग्यो ।

बिहानै उठेर उनीहरु शहर जानको लागि तयार भए । उसकी श्रीमतीलाई गाउँको परिवेश ठिक नलागेको कारणले शहर जाँदै गर्दा भाइले भन्यो, यति धेरै ऋण किन लगाउनु भयो ? हाम्रो पनि शहरमा ठुलो खर्च छ । बरु मेरो भागमा आउने सम्पति बेचेर ऋण तिर्नुस । मलाई यहाँबाट केहि चाहिदैन । त्यसपछि उनीहरूबीच आवतजावत र सम्पर्क हुन छाड्यो ।

केहिसमय पछि बाबुआमा दुवै निकै थला परेका थिए तर खबर पठाउँदा पनि उनीहरु आएनन । ठुलेले केहि पाखो बारी बेचेर र जेनतेन गरेर बाबुआमाको उपचार गरेको थियो । अर्को बर्ष कान्छो ठुलो दुर्घटनामा पर्यो । उपचार गर्दा गर्दै उसको कमाइले जोडेको घर पनि बेच्नुपर्ने भयो । उसले दुवै खुट्टा गुमाएको थियो ।

अब त उ जागिर गर्न सक्ने अबस्थामा पनि थिएन । श्रीमतीले पनि उसलाई छोडेर गईछे । बाबाआमा र दाईलाई त उसले पहिले नै छोडिसकेको थियो । उसंग भएको धन सम्पति घर सबै उपचारमा खर्ची सकेको थियो । अब उसंग बाकी थियो त केवल अशक्त शरीर । एउटा कमजोर मानिस जो आफै बाथरुम सम्म पुग्न सक्दैन, त्यस्तो अबस्थामा कान्छो भार्इ अस्पतालको शैय्यामा थियो । उसको यस्तो अबस्थाको बारेमा गाउँमा उसका घरमा कसैले खबर पुर्याइदिए । भाइको अवस्था थाहा पाउनासाथ ठुले तुरुन्तै शहरको अस्पतालमा पुग्यो अनि आफ्नो भाइलाई बोकेर घरमा लिएर आयो ।


सम्बन्धित शीर्षकहरु

इरानले अमेरिकी अधिकारीहरूलाई हालैका केही समुद्री घटनाबारे स्पष्टीकरण दिँदै ती आक्रमणहरू जानाजानी नभई हतियार प्रणालीको एउटा “त्रुटिपूर्ण (errant) भाग” का…

अमेरिकाले इरानलाई परमाणु गतिविधि अघि बढाउनबाट रोक्न आवश्यक परे सैन्य विकल्प अझै खुला रहेको जनाएको छ। वासिङ्टनले तेहरानमाथि दबाब बढाउँदै…

गण्डकी प्रदेशसभाले औषधीजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई वैधानिकता दिने उद्देश्यसहित तयार गरिएको गाँजा खेती नियमन तथा व्यवस्थापन विधेयक…

प्रतिकृयाहरू
...