Wednesday 14th January 2026

कुवेतमा फेरि हृदयघातको कारण एक नेपाली महिलाको निधन


तितोपाटी – कुवेतमा हृदयघातका कारण झापा शनिश्चरे -६ स्थायी घर भएकी हर्का माया बिश्वकर्माको मृत्यु भएको छ ।

घरेलु कामदारमा ५ बर्ष पहिले कुवेत आएकी हर्का माया १६ अक्टोबर २०१८ का दिन कुवेतको सभानासिर स्थित फर्वानिया अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

घरको आर्थिक अवस्था अत्यन्तै नाजुक भएकोले धन कमाउने सपना बोकि बिदेश आएकी हर्का माया मंगलबारका दिन अचानक आफु लाई अस्वस्थ महसुस भए पछि फर्वानिया अस्पतालमा उपचार गराउन गएकी थिइन । फर्वानिया अस्पतालमा उपचारकै क्रममा केही समय पश्चात् डाक्टरले ०३९७२६९३ नंबरको राहदानी वाहक हर्का मायालाई मृत घोषणा गरेका थिए ।

नेपाली दूतावास कुवेतका द्वितीय सचिव ज्ञानबहादर मगरले तितोपाटी संग भने फर्वानिया अस्पतालको रिपोर्ट अनुसार उनको मृत्यु हृदयघातको कारणले भएको हो । मृतकका आफन्त सम्पर्कमा आइसकेकाले दूतावासले सोमबार उनको शव नेपाल पठाउने तयारी गरिरहेको छ ” ।


सम्बन्धित शीर्षकहरु

आइतबार (जनवरी १२) ह्वाइट हाउसले पुष्टि गर्‍यो कि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा तीव्र विरोध प्रदर्शनका बीच हवाई आक्रमण सहित…

निरेम प्रोडक्सनको आधिकारिक ब्यान्ड नेप्टोन ब्यान्ड (NepTone Band) को नयाँ गीत “अल्झेछु म” सार्वजनिक भएको छ। राज मल्लको निर्देशनमा तयार…

बुल्गेरियाका रहस्यमय दृष्टिविहीन बाबा वांगाले सुनको दरको बारेमा गरेको भविष्यवाणी पछि, नयाँ वर्षको अर्को भविष्यवाणी सत्य हुने संघारमा देखिन्छ। बाबा…

प्रतिकृयाहरू
...