Wednesday 25th March 2026

कुवेतमा दशै विशेष साँस्कृतिक धमाका २०७५ को सम्पुर्ण तयारी पूरा


तितोपाटी – लालीगुराँस साँस्कृतिक परिवार नेपाल कुवेत र अन्तर्राष्ट्रिय कलाकार मन्च कुवेतको संयुक्त प्रस्तुतीमा यहि १९ अक्टोबर २०१८ मा हुन गइरहेको दशै साँस्कृतिक धमाका कार्यक्रमकाे सम्पूर्ण तयारी पुरा भएको छ ।

कुवेतमा कार्यरत नेपालीहरु माझ हिन्दु धर्मवलम्बीहरुको महान चाड बिजया दशमीको अवसर पारी शुभकामना आदनप्रदानको साथमा दुर्गा पूजा र जमरा ग्रहण कार्यक्रम सहित विशेष साँस्कृतिक कार्यक्रम गरी भब्य रुपमा मनाउन लागिएको हो ।

कुवेतमा स्थापना कालदेखि नै आफ्नो परम्परा लाई जगेर्ना गर्ने उदेश्यले विभिन्न समयमा “हाम्रो सँस्कृति हाम्रो परम्परा” “ मौलिक कला र सांस्कृतिक साथमा कलाकारको जगेर्ना गरौ “ भन्ने मुलनारा लाई आत्मसाथ गरि लालीगुराँस तथा अन्तराष्ट्रिय कलाकार मन्चले कार्यक्रम गर्दै आईरहेका छ।

कुवेतमा कृयाशिल सघं-सस्थाका प्रतिनिधि, बुद्धिजीवी, समाजसेवी, व्यवसायी, भद्रभलाद्मी, पत्रकार, कलाकार, खेलाडी लगायत सम्पुर्ण कुवेतबासी नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई निमन्त्रणा गरिसकेको छ । तर कुनै कारणवश निमन्त्रणा पत्र प्राप्त नगर्नु भएकाले यसै समाचार लाई आधार मानी उक्त दिनको दशै धमाका साँस्कृतिक कार्यक्रममा उपस्थित हुनको लागि आयोजकले हार्दिक अनुरोध गरेको छ ।

कार्यक्रम हुने मिति, समय र स्थान निम्न बमोजिम रहेको छ ।
मिती :- १९ अक्टोबर शुक्रबार २०१८
स्थान :- राजधानी रेस्टुरेन्ट खैतान कुवेत
समय :- बिहानको ठीक ११ बजेदेखि


सम्बन्धित शीर्षकहरु

-गुलाम नवि मन्सुर/कुवेत नेपालको राजनीतिक इतिहासमा आगामी १३ गते हुन गइरहेको नयाँ प्रधानमन्त्रीको शपथ ग्रहण तथा मन्त्रिपरिषद् विस्तार केवल एउटा…

यो युद्ध कहाँ जाँदैछ र किन अन्त्य गर्न गाह्रो छ?”—वास्तवमा अहिलेको मध्यपूर्वको सबैभन्दा जटिल र निर्णायक प्रश्न हो। यहाँ सतहमा…

मध्यपूर्वको अस्थिर भू-राजनीतिक परिदृश्यबीच हालै विकसित घटनाक्रमले फेरि एकपटक अन्तर्राष्ट्रिय शक्तिहरूबीचको गहिरो अविश्वासलाई उजागर गरेको छ। Group of Seven द्वारा…

प्रतिकृयाहरू
...