Sunday 22nd March 2026

नेपाली दूतावास अोमानद्वारा कन्सुलर सेवाका लागि मोवाइल एपको शुरूवात


तितोपाटी –  नेपाली दूतावास अोमानले कन्सुलर सम्बन्धी सेवा  अनलाइनबाट प्रदान गर्नको लागि ‘नेप्लीज इन ओमान’ नामको मोवाइल एप शुरुवात गरेको छ । ओमानमा कार्यरत नेपाली कामदार सामान्य कामको लागि पनि दूतावासमै आउन नपरोस् भन्ने उद्देश्यले यो एप शुरु गरिएको दूतावासले जनाएको छ ।

एप्समा नेपाल र ओमनका प्रमुख गन्तब्य, ओमानका सरकारी निकाय, श्रम कानुन वारे आधारभुत जानकारी राखिएको राजदूत सर्मिला पराजुली ढकालले वताइन् । ‘यसले दूतावास र ओमानमा कार्यरत नेपालीवीच छिटो र सरल रुपमा सञ्चार हुनेछ,’ एप्स्को उद्घाटन गर्दै भनिन्, एप्स्को उद्घाटन गर्दै भनिन्, ‘यसको सफल प्रयोगले भविश्यमा दूतावासलाई कागजविहिन वनाइने लक्ष्य राखेको छ ।’
यसले ओमानीलाई नेपालको भ्रमण गर्नको लागि प्रोत्साहन गर्ने दूतावासको अपेक्षा छ । एपमा नेपालको प्रमुख पर्यटक  गन्तब्यवारे सुचनाहरु राखिएको छ । कार्यक्रममा गैरआवसीय नेपाली संघका सचिव डिवी क्षेत्रीले प्रविधि प्रयोग गरेर नेपालीलाई सहज सेवा दिने दूतावासको प्रयास प्रशंसनीय रहेको वताए ।

सम्बन्धित शीर्षकहरु

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

प्रतिकृयाहरू
...