Monday 12th January 2026

नेपाली दूतावास अोमानद्वारा कन्सुलर सेवाका लागि मोवाइल एपको शुरूवात


तितोपाटी –  नेपाली दूतावास अोमानले कन्सुलर सम्बन्धी सेवा  अनलाइनबाट प्रदान गर्नको लागि ‘नेप्लीज इन ओमान’ नामको मोवाइल एप शुरुवात गरेको छ । ओमानमा कार्यरत नेपाली कामदार सामान्य कामको लागि पनि दूतावासमै आउन नपरोस् भन्ने उद्देश्यले यो एप शुरु गरिएको दूतावासले जनाएको छ ।

एप्समा नेपाल र ओमनका प्रमुख गन्तब्य, ओमानका सरकारी निकाय, श्रम कानुन वारे आधारभुत जानकारी राखिएको राजदूत सर्मिला पराजुली ढकालले वताइन् । ‘यसले दूतावास र ओमानमा कार्यरत नेपालीवीच छिटो र सरल रुपमा सञ्चार हुनेछ,’ एप्स्को उद्घाटन गर्दै भनिन्, एप्स्को उद्घाटन गर्दै भनिन्, ‘यसको सफल प्रयोगले भविश्यमा दूतावासलाई कागजविहिन वनाइने लक्ष्य राखेको छ ।’
यसले ओमानीलाई नेपालको भ्रमण गर्नको लागि प्रोत्साहन गर्ने दूतावासको अपेक्षा छ । एपमा नेपालको प्रमुख पर्यटक  गन्तब्यवारे सुचनाहरु राखिएको छ । कार्यक्रममा गैरआवसीय नेपाली संघका सचिव डिवी क्षेत्रीले प्रविधि प्रयोग गरेर नेपालीलाई सहज सेवा दिने दूतावासको प्रयास प्रशंसनीय रहेको वताए ।

सम्बन्धित शीर्षकहरु

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

प्रतिकृयाहरू
...