Saturday 10th May 2025

सीके राउत प्रहरीको नियन्त्रणमा


तितोपाटी – स्वतन्त्र मधेश गठबन्धनका अध्यक्ष सीके राउतलाई प्रहरीले नियन्त्रणमा लिएको छ। अहिले जिल्ला प्रहरी कार्यालय गौरमा राखिएका राउतलाई प्रहरीले सोधपुछ गरिरहेको छ।

आइतवार जिल्ला अदालत रौतहटमा मुद्दाको तारिख लिएर फर्किदै गर्दा प्रहरीले राउतलाई नियन्त्रणमा लिएको हो। रौटहटका प्रहरी नायव उपरीक्षक महेन्द्र प्रसाद मरासिनीका अनुसार उनीसँग सोधपुछ गर्ने काम भइरहेको छ। सिके राउतका समर्थकहरु गठबन्धनका जिल्ला अध्यक्ष अशोक सिंहको नेतृत्वमा प्रहरी कार्यालय अगाडि बाक्लै संख्यामा उपस्थित छन्।

यसैबीच राउतलार्इ छाेड्न माग गर्दै जिल्ला प्रहरी कार्यालय रौतहट अगाडि धर्ना बसेका राउतका समर्थक र प्रहरीबीच झडप भएकाे छ। बाटाे बन्द गरी धर्ना बसेका राउतका समर्थकलार्इ प्रहरीले हटाउन खाेज्दा झडप भएकाे हाे। राउतका समर्थकले प्रहरीमाथि ढुङ्गा प्रहार गर्न थालेपछि प्रहरीले समेत उनीहरुमाथि सामान्य लाठी चार्ज गरेकाे थियाे। गठबन्धनका जिल्ला संयोजक अशोक सिंहको नेतृत्वमा रहेका समर्थकहरुले प्रहरीको विरोधमा चर्को नाराबाजी समेत गरेका छन्। सडक अवरुद्ध गरेको र प्रहरी विरुद्ध चर्को नाराबाजी गरेपछि प्रहरीले थप तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्ला संयोजक अशोक सिंह, दीपेन्द्र झा, केन्द्रीय सदस्य वीरेन्द्र साह रहेका छन्। पक्राउ परेका विरुद्ध राज्य द्रोहको मुद्दा चलाउने जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी महेन्द्रप्रसाद मरासिनीले बताए।


सम्बन्धित शीर्षकहरु

पाल्पा र गुल्मीको संगमस्थल रुरु क्षेत्र धाममा पहिलो पटक शालिग्राम महोत्सव गरिएको छ। कालीगण्डकीमा पाइने शालिग्रामको प्रचारप्रसार गर्ने उद्देश्यले शुक्रबारदेखि…

स्वस्थ रहनका लागि राति राम्रो र गहिरो निद्रा लिनु जरुरी छ। तर, आजको व्यस्त जीवनमा धेरै मानिसहरू ढिलो सुत्छन्। कोही…

पाकिस्तानको सरकारी सञ्चारमाध्यम पिटिभी न्यूजका अनुसार ‘बुनयान मर्सूस’ कारवाही अन्तर्गत पाकिस्तानले भारतको विद्युत् वितरण प्रणालीमा (पावर ग्रिड)मा साइबर आक्रमण गरेको…

प्रतिकृयाहरू
...