Monday 6th October 2025

संसद भवन बनाउनलार्इ सरकारले १० अर्ब खर्चंदै


तितोपाटी – सरकारले करिब १० अर्ब रुपैयाँ लागतमा संघीय संसद भवन बनाउन लागेको छ । सिहंदरबार प्रधानमन्त्री कार्यालय पछाडि बन्ने उक्त भवनको कुल लागत सरकारले आफै जुटाउन लागेको हो ।

निर्माण प्रक्रिया सुरु भएदेखि ३ वर्षको समयावधि रहेको उक्त भवनको अहिले डिजाइन र निर्माणका लागि सार्बजनिक खरिद ऐन अनुसार ठेक्का दिने काम शहरी विकास तथा भवन निर्माण विभागले गरिरहेको छ ।

उक्त भवनको डिजाइन बनाउन इनगर कन्सल्यानटलाई दिएको शहरी बिकाश तथा भवन निर्माण विभागलका महानिर्देशक मणिराम गेलालले बताएका छन् ।

अत्यादुनिक दङ्गबाट निर्माण हुने उक्त संसद भवनमा रास्ट्रियसभाका ५९ सांसद र प्रतिनिधि सभाका २ सय ६५ सांसदहरु अट्ने क्षमता रहेको सहरी विकाशमन्त्री मोहम्मद इस्तियाका राईले जानकारी दिएका छन् ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले लामो दूरीका यातायात तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । …

तितोपाटी-नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको हवाई भाडादर सार्वजनिक गरेको छ ।  नेपाल सरकारबाट स्वीकृत तोकिएको अधिकतम भाडादरभन्दा बढी रकम…

नेपालीहरुको महान चाड बडादशैंको आज मुख्य दिन, मान्यजनको हातबाट टीका र जमरा लगाएर मनाइँदै छ । टीका लगाउने उत्तम साइत…

प्रतिकृयाहरू
...