Friday 9th October 2026

गजल


गजल
सबैमा छाओस् खुसीको लहर,यो साल दशैँमा ।
कसैको लागि नबनोस् कहर , यो साल दशैँमा ।।

पुकारौं दुर्गा मातालाई हामी ,सबैजना मिलेर ।
भक्तिले पूजा गरौं हर प्रहर , यो साल दशैँमा ।।

परदेशिएका सबै दाजु भाइ , दिदी र बहिनी ।
आऊ गरौं पूरा मनका रहर ,यो साल दशैँमा ।।

सद्बुद्धि देऊ हे दुर्गा माता,हाम्रा यी नेतालाई ।
विकास गर्न हर गाउँ शहर , यो साल दशैँमा ।।

संहार गरि देऊ हे देवी अब , दुष्ट र पापीको ।
मिल्काइ देऊ समाजका जहर,यो साल दशैँमा ।।

नपारून् कुनै बाधा अड्चन , प्रकृतिले पनि ।
नबढुन् कुनै खोला र नहर , यो साल दशैँमा ।।

 

कमला न्याैपाने, झापा

हाल – भक्तपुर


सम्बन्धित शीर्षकहरु

दक्षिण अफ्रिकाका जोहानेसबर्ग नजिकको सोवेटो र पूर्वी तटीय सहर डरबनमा आप्रवासनविरोधी प्रदर्शन हिंसात्मक बनेपछि कम्तीमा २४ वटा सवारीसाधनमा आगजनी गरिएको…

र्वी युक्रेनको दोनेत्स्क क्षेत्रस्थित क्रामाटोर्स्क शहरमा बिहीबार भएको रुसी आक्रमणमा दुईवटा सार्वजनिक बसमा आगलागी हुँदा कम्तीमा ३३ जनाको मृत्यु भएको…

रियाद, २३ असोज। यमनका हुथी विद्रोहीले साउदी अरबको राजधानी रियादस्थित विमानस्थललाई लक्षित गरी क्षेप्यास्त्र आक्रमण गरेको दाबी गरेका छन्। उक्त…

प्रतिकृयाहरू
...