Friday 29th March 2024

गजल


गजल
सबैमा छाओस् खुसीको लहर,यो साल दशैँमा ।
कसैको लागि नबनोस् कहर , यो साल दशैँमा ।।

पुकारौं दुर्गा मातालाई हामी ,सबैजना मिलेर ।
भक्तिले पूजा गरौं हर प्रहर , यो साल दशैँमा ।।

परदेशिएका सबै दाजु भाइ , दिदी र बहिनी ।
आऊ गरौं पूरा मनका रहर ,यो साल दशैँमा ।।

सद्बुद्धि देऊ हे दुर्गा माता,हाम्रा यी नेतालाई ।
विकास गर्न हर गाउँ शहर , यो साल दशैँमा ।।

संहार गरि देऊ हे देवी अब , दुष्ट र पापीको ।
मिल्काइ देऊ समाजका जहर,यो साल दशैँमा ।।

नपारून् कुनै बाधा अड्चन , प्रकृतिले पनि ।
नबढुन् कुनै खोला र नहर , यो साल दशैँमा ।।

 

कमला न्याैपाने, झापा

हाल – भक्तपुर


सम्बन्धित शीर्षकहरु

जापानमा कोलेस्ट्रोल कम गर्न प्रयोग गरिने ‘डाइटरी सप्लिमेन्ट’ (औषधीय आहार) का कारण दुई जनाको मृत्यु हुनुका साथै १०० जनाभन्दा बढी…

ग्लोबल आइएमई बैंक र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच जोखिम व्यवस्थापन, जलवायु वित्त तथा लैङ्गिक वित्त…

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३…

प्रतिकृयाहरू
...