Thursday 15th January 2026

कुवेतमा नेपाली महिला घरेलु कामदारको करेन्ट लागेर मृत्यु


राज मल्ल – कुवेतमा एक जना नेपाली घरेलु कामदारको करेन्ट लागेर मृत्यु भएको छ ।  मोरंङ्गकी फुलमाया बि .क. को कुवेतको जिलिबमा निधन  भएको हो । बेलवारी -५ मोरंङ्गकी अन्जादी ३९ बर्षिया फूलमाया बिं.कको मंगलवार बिहान जिलिवमा करेन्ट लागेर निधन भएको जनाइएको छ ।

घरेलु कामदारको रुपमा करिव ७ महिना पहिले कुवेत आएकी फुलमाया आइतवार मात्र स्पोन्सरको घरबाट भागेर इलिगल भइ जिलिव पुगेर कामको खोजीमा रहेको बुझिएको छ । फुलमायाको पोष्टमार्टम रिपोटमा करेन्ट लागेर मृत्यू भएको जनाइएपनि आफै लगाएको वा लागेको भन्ने वारे केही खुलेको छैन ।

 यस बारेमा नेपाली राजदूतावासमा बझ्दा दूतावास कुवेतका प्रथम सचिब तथा सुचना अधिकारी भोगेन्द्र लिंगदेनले घटनाको पुष्टि गर्दै मृतकको परिवार सम्पर्कमा आइसकेको र जति सक्दो  चाँडो शव नेपाल पठाउने तयारी रहेको बताए।


सम्बन्धित शीर्षकहरु

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

संयुक्त राज्य अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी (Immigrant) भिसा प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ। अमेरिकी विदेश मन्त्रालयले…

प्रतिकृयाहरू
...