Monday 23rd March 2026

दशैंको अग्रिम टिकट बुकिङ अाजबाट खुला


तितोपाटी – दशैंका लागि अग्रिम टिकट बुकिङ अाजबाट खुलेकाे छ । नेपाल यातायात व्यवसायी महासंघको बैठकले अाज (मंगलबार) बाट अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो ।

यसअघि ५ गतेबाट गर्ने भनिएको टिकट बुकिङ इन्धनको मूल्यवृद्धिको विरोध गर्दै व्यवसायीहरुले रोकेका थिए । सरकारले १० प्रतिशत गाडीभाडा बढाएपछि महासंघको बैठक बसेर टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो ।

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि अनुरुप सार्वजनिक यातायातको भाडादर समायोजन भएपछि अग्रिम टिकट बुकिङ खुला गर्न निर्णय भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए ।

बढाइएको १० प्रतिशत भाडा अनुसार यातायात व्यवस्था विभागले आइतबार देशभरका विभिन्न रुटको नयाँ भाडादर सार्वजनिक गरेको थियो ।

निगमले डिजेल र मट्टतिेलमा प्रतिलिटर ३/३ र पेट्रोलमा २ रुपैयाा मूल्य बढाइएपछि समायोजन गरिएको भाडादर अनुसार शहरी क्षेत्रमा न्युनतम १४ देखि अधिकतम १८ रुपैयाँ कायम गरिएको छ ।

रोजगारी, पढाइ लगायतको शिलशीलामा काठमाडौं बस्दै आएका धेरै मानिस दशैं, तिहार र छठ पर्वका लागि आफ्नो मूल थलो फर्किन्छन् ।


सम्बन्धित शीर्षकहरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको नवनिर्वाचित कार्यसमितिले पहिलो बैठक तथा रणनीतिक कार्यशाला सम्पन्न गर्दै आगामी कार्यकालका लागि व्यापक…

साउदी अरेबियाको कडा चेतावनी र इरानसँगको द्वन्द्वको सम्भावना खाडी क्षेत्रको भूराजनीतिक परिदृश्यमा एक नयाँ मोड आएको छ।   साउदी अरेबियाका…

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

प्रतिकृयाहरू
...