Friday 16th January 2026

असोजमा अाएर पनि धनगढी डुब्यो


तितोपाटी – गएराती परेको वर्षाका कारण कैलालीका अधिकांश क्षेत्र डुबानमा परेका छन् । धनगढी उपमहानगरपालिकाको एल.एन. चोक, विशालनगर, प्रदेश सभाहल, हसनपुर, धनगढी गाउँ, बसपार्क लगायतका क्षेत्र जलमग्न भएका छन् ।

अत्यधिक वर्षा हुने मनसुनको अवधिमा समेत डुबानमा नपरेका धनगढीका यी क्षेत्रहरु एकदिन परेको पानीका कारण जलमग्न भएका हुन् । अविरल वर्षाका कारण धनगढीका केही क्षेत्रमा विद्युत सेवा समेत अवरुद्ध भएको छ । सडकमा पानी जमेका कारण बिहानै स्कुल तथा कलेज जाने विद्यार्थीहरु बाटोमै रोकिएका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पानीका कारण अहिलेसम्म कुनै मानवीय क्षती नभए पनि केहि पसल र घर डुबानमा परेका छन् । धनगढीका केही क्षेत्रमा विद्युत सेवा समेत अवरुद्ध भएको छ भने सडकमा पानी जमेका कारण बिहानै विद्यालय तथा कलेज जाने विद्यार्थी र सर्वसाधारणलाई सास्ती भएको छ ।


सम्बन्धित शीर्षकहरु

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

संयुक्त राज्य अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी (Immigrant) भिसा प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ। अमेरिकी विदेश मन्त्रालयले…

प्रतिकृयाहरू
...