Wednesday 14th January 2026

“छक्का पञ्जा-३” घटस्थापना कै दिन रिलिज हुने, ट्रेलर सार्वजनिक


तितोपाटी – छक्का पञ्जा-३ को ट्रेलर सार्वजनिक भएको छ। नेपालका चर्चित हाँस्य कलाकारहरुकाे अभिनय रहेको चलचित्रको ट्रेलर शनिवार एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको हो। ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै चलचित्रका निर्माता तथा कलाकार दिपकराज गिरीले शिक्षा क्षेत्रमा हुने राजनीतिलाई चलचित्रमा मुख्य विषयवस्तु बनाइएको बताए।

गिरी निर्माता रहेको चलचित्र छक्का पञ्जा ३ को निर्देशन भने दीपाश्री निरौलाले गरेकी छन्। चलचित्रमा दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ, दीपिका प्रसार्इं, शिवहरि पौडेल, लक्ष्मी गरी, निर शाह, प्रियंका कार्की, स्वस्तिमा खड्का, बर्षा राउत, संजोग कोइराला, किरण केसी लगाएतका कलाकारहरुले अभिनय गरेका छन्।

चलचित्रकाे पहिलाे नम्बरमा गित अहिले यु ट्युब लगाएत सामाजिक सञ्जालमा निकै रुचाइएकाे छ। छक्का पञ्जा अगामी असेज २४ गते घटस्थापनाके दिन रिलिज हुने निर्माता गिरीले जानकारी दिए।


सम्बन्धित शीर्षकहरु

आइतबार (जनवरी १२) ह्वाइट हाउसले पुष्टि गर्‍यो कि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा तीव्र विरोध प्रदर्शनका बीच हवाई आक्रमण सहित…

निरेम प्रोडक्सनको आधिकारिक ब्यान्ड नेप्टोन ब्यान्ड (NepTone Band) को नयाँ गीत “अल्झेछु म” सार्वजनिक भएको छ। राज मल्लको निर्देशनमा तयार…

बुल्गेरियाका रहस्यमय दृष्टिविहीन बाबा वांगाले सुनको दरको बारेमा गरेको भविष्यवाणी पछि, नयाँ वर्षको अर्को भविष्यवाणी सत्य हुने संघारमा देखिन्छ। बाबा…

प्रतिकृयाहरू
...