Wednesday 25th March 2026

अमेरिकामा गोली चल्दा एक नेपाली महिलाको मृत्यु


तितोपाटी – अमेरिका मेरिल्याण्डको हार्डफोर्ड काउन्टीमा गोली चल्दा एक नेपालीसहित तीन अमेरिकी नागरिकको मृत्यु भएको छ भने एक नेपाली घाइते भएका छन्। अमेरिकाको बाल्टिमोर भन्दा ३५ माइल उत्तरपूर्व एबरडिनमा रहेको राइट एड कम्पनीको विरण केन्द्रभित्र गोली चल्दा पर्वत माइती भई कास्की घर भएकी हाल बाल्टीमोर बस्दै आएकी ४१ बर्षीया वृन्दा गिरीको मृत्यु भएको हो। स्थानीय पत्रकार गौतम दाहालले दिएको जानकारी अनुसार नेपाली नागरिक पूर्ण आचार्य घाइते भएका छन्।

घाइते आचार्यको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले सार्वजनिक गरेको बिज्ञप्तिमा उल्लेख छ। बिज्ञप्तिमा आचार्यको अवस्थाबारे भने केही खुलाइएको छैन।

गत अप्रिलमा नेपालबाट आएकी मृतका गिरीका श्रीमान विगत १० बर्षदेखि अमेरिकामा रहेका थिए। मृतक गिरीले भने सो कम्पनिमा काम शुरु गरेको जम्मा तीन हप्ता मात्रै भएको पत्रकार दाहालले जानकारी दिए।

कम्पनीको विरण केन्द्रमा संगै पार्ट टाइम काम गर्ने एक जना २६ बर्षीया महिला स्नोचीया मोज्लीले गोली चलाएको प्रहरीले जनाइएको छ। अरुलाई गोली हानेर हत्याराले आफैलाई पनि गोली हानेको बताइएको छ। हमलाकारी ती महिलालाई प्रहरीले घाइते अवस्थामा अस्पताल लागेको र अस्पताल मै मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतक गिरीका १४ बर्षकी छोरी र ११ बर्षका छोरा छन्। मृतक गिरीका अमेरिकामा पति, आमा, दाजु, भाई र बुहारी रहेका छन्।


सम्बन्धित शीर्षकहरु

यो युद्ध कहाँ जाँदैछ र किन अन्त्य गर्न गाह्रो छ?”—वास्तवमा अहिलेको मध्यपूर्वको सबैभन्दा जटिल र निर्णायक प्रश्न हो। यहाँ सतहमा…

मध्यपूर्वको अस्थिर भू-राजनीतिक परिदृश्यबीच हालै विकसित घटनाक्रमले फेरि एकपटक अन्तर्राष्ट्रिय शक्तिहरूबीचको गहिरो अविश्वासलाई उजागर गरेको छ। Group of Seven द्वारा…

आजको विश्व तीव्र रूपमा प्रविधिमुखी बन्दै जाँदा युद्धको स्वरूप पनि गहिरो परिवर्तनको चरणमा पुगेको छ। कुनै समय बन्दुक, ट्याङ्क र…

प्रतिकृयाहरू
...