Sunday 12th October 2025

मृगौला पीडितलाई कृति गोले द्वारा संकलन रकम सिन्धुपाल्चोक समाजले नेपाल पठायो


बसन्त थापा – मकवानपुर जिल्लाको मनहरी गाउँपालिका पर्ता १ का निवासी १४ वर्षीय अमित मोक्तानलाई कुवेत बाट सिन्धुपाल्चोक सेवा समाज कुवेतले ७२ हजार ८४५ ने. रु. आर्थिक सहयोग गरेको  छ।

हालै हेटौंडा स्थित चुरे हिल अस्पतालमा उपचारर्थ रहेका मोक्तानको घरको आर्थिक स्थिति निकै कमजोर रहेको छ भने दुई बर्ष देखि लगातार रुपमा उपचार गराउँदै आउँदा आफु सङ्ग भएको सबै पैसा सकिएको र उनले डक्टरको सल्लाह अनुसार डाईनोसिस गर्दै आएका छन भने अहिले उनको स्वास्थ्य अवस्था झनै कम्जोर बन्दै गएको छ ।

पीडित अमितको बिगत २ बर्ष देखि दुबै मृगौला पुर्ण रुपमा खराव भएका कारणले गर्दा घर परिवार लगायत आफन्तजन हरु निकै चिन्तित रहेका र घरको आर्थिक अवस्था पनि  निकै कमजोर रहेकोले उक्त संकलन रकम सहयोग गरेको माधव पौडेल असल यात्रीले तितोपाटी लाई जानकारी दिएका छन ।

पीडित मोक्तानको अब निकट समयका लागि मृगौला प्रत्यारोपण गनुपर्ने भएकाले उनि अहिले, देश तथा बिदेशमा रहेका सम्पुर्ण सहयोगी मनहरुसँग आर्थिक सहयोगको अपेक्षा गरेका छन।

१४ वर्षका मोक्तानको उपचारमा कुवेतमै कार्यरत कृति गोले र सङ्गिता लोप्चनको पहलमा संकलति सोही रकम भने सिन्धुपाल्चोक सेवा समाज द्वारा नेपाल पठाइएको हो।

लामो समय सम्म कुवेतमा रहेर सामाजिक सेवा गर्दै आएकी मनकि धनी कृति गोलेले यस अघि पनि नेपालमा रहेका पीडितहरु लाई आर्थिक सहयोग गर्दै आएकी छिन।  जुन सुकै घटनामा पनि सेवा गर्न तत्परता रह्यने कृति गोले द्वारा संकलन उक्त रकम हिजो नै हस्तान्तरण गरिएको छ ।

कृति गोलले यसरी आफुले प्रवासमा रहेर पनि दुखीलाई सहयोग गर्न पाउदा आफू निकै खुसी रहेको र सहयोगी सम्पुर्णलाई बिशेष धन्यवाद दिएकी छिन।


सम्बन्धित शीर्षकहरु

तितोपाटी - जेन-जी सहिद परिवारले सरकारसमक्ष तीनवटा मन्त्रालयको माग गरेका छन् । बिहीबार राजधानीको संवाद डबलीमा सहिद परिवार संघर्ष समितिले…

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखराको बाटुलेचौरस्थित लिची बगानको १३४ रोपनी जग्गा हडप्ने प्रकरणमा दुई पूर्वमन्त्री राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठसहित…

इजरायल र हमासबिच पहिलो चरणको वार्तामा युद्धविराम गर्ने सहमति भएको छ । गत सोमबारदेखि अमेरिका, इजिप्ट र कतारको मध्यस्थतामा इजिप्टको…

प्रतिकृयाहरू
...