Monday 23rd March 2026

काठमाण्डाैंमा ३ वर्ष भित्रमा मोनोरेल संचालन हुने


तितोपाटी – काठमाडौं उपत्यकामा तीन वर्षभित्र मोनोरेल सञ्चालन हुने भएको छ । काठमाडौं र ललितपुर महानगरपालिकाले चीनको निर्माण कम्पनी चाइना रेलवे कन्सट्रक्सन कर्पोरेसन (सिआरसिसी) सँग मोनो रेल चलाउने सम्बन्धमा सहमति गरेका छन् । काठमाडौं महागरपालिकाका मेयर विद्यासुन्दर शाक्य र ललितपुर महानगरका मेयर चिरिबाबु महर्जन तथा सिआरसिसीका महाप्रबन्धक झाउ सिआओबीच उपत्यकामा मोनो रेल निर्माणबारे बिहीबार हस्ताक्षर भएको हो ।

एक खर्ब १६ अर्ब लागत अनुमान गरिएको मोनो रेलका लागि आवश्यक संरचना तीन वर्षमा निर्माण गरिने सम्झौता गरिको छ । मोनोरोलको संरचना निर्माण भएपछि चिनियाँ कम्पनीले केही समय सञ्चालन गरेर हस्तान्तरण गर्ने सहमति भएको छ ।

विज्ञहरुसँग छलफल गरेर एक महिनाभित्र चिनियाँ कम्पनीलाई विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न दिइने भएको छ ।

तीन चरणमा निर्माण गर्ने गरी सम्झौता भएको काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले जानकारी दिए । उनका अनुसार ६ महिनाभित्र डीपीआर तयार गरि तीन वर्षमा निर्माण पूरा गर्ने लक्ष्य राखिएको छ ।

कोटेश्वर-कलंकी, कलंकी-महाराजगन्ज र महाराजगन्ज-कोटेश्वर खण्ड गरी तीन चरणमा मोनोरेलको निर्माण हुनेछ । महानगरमा तीन हजार यात्रु बोक्न सक्ने र प्रतिघण्टा एक सय किलोमिटर दगुर्ने मोनो रेल सञ्चालन हुने छ ।

मोनो रेलबारेको प्रारम्भिक अध्ययनले उपत्यकामा भौगर्भिक, वातावरणीय, प्राविधिक र आर्थिकरुपमा सञ्चालन गर्न सकिने देखिएको छ । काठमाडौं र ललितपुरमा मोनोरेलका २१ वटा स्टेसन हुनेछन् ।


सम्बन्धित शीर्षकहरु

साउदी अरेबियाको कडा चेतावनी र इरानसँगको द्वन्द्वको सम्भावना खाडी क्षेत्रको भूराजनीतिक परिदृश्यमा एक नयाँ मोड आएको छ।   साउदी अरेबियाका…

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

प्रतिकृयाहरू
...