Wednesday 14th January 2026

बसुन्धरा भुसाललार्इ ‘सूर्य लाईफटाईम एचिभमेन्ट अवार्ड–२०१८’ बाट सम्मानित गरिने


तितोपाटी – विगत ४ दशकदेखि नेपाली कला तथा चलचित्र क्षेत्रमा क्रियाशील अग्रज अभिनेत्री बसुन्धरा भुषाललाई ‘सूर्य लाईफटाईम एचिभमेन्ट अवार्ड–२०१८’ बाट सम्मानित गरिने भएको छ । यही आगामी आईतबार जापानको टोकियोमा आयोजना हुन गइरहेको ‘सूर्य ईन्टरनेशनल अवार्ड–२०१८’मा उनलाई सो सम्मान दिन लागिएको हो ।

कार्यक्रममा कलाकार र पत्रकार पनि सम्मानित हुँदैछन् । जसमा ३ दशकदेखि निरन्तर नेपाली चलचित्र बृत्तमा क्रियाशिल अभिनेता भुवन केसीलाई ‘सूर्य कलाकारिता सम्मान–२०१८’ र डेढ दशकदेखि चलचित्र पत्रकारितामा सक्रिय पत्रकार सामिप्यराज तिमल्सेना र फोटो पत्रकारितामा सक्रिय श्रीधर पौडेललाई ‘सूर्य चलचित्र पत्रकारिता पुरस्कार–२०१८’ बाट पुरस्कृत गरिने आयोजक संस्था सूर्य कर्पोरेशनका अध्यक्ष बासुदेव लामिछानेले जानकारी दिए ।

समारोहमा चलचित्रका ६ विधा र गायनका ६ विधामा समेत अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

आइतबार (जनवरी १२) ह्वाइट हाउसले पुष्टि गर्‍यो कि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा तीव्र विरोध प्रदर्शनका बीच हवाई आक्रमण सहित…

निरेम प्रोडक्सनको आधिकारिक ब्यान्ड नेप्टोन ब्यान्ड (NepTone Band) को नयाँ गीत “अल्झेछु म” सार्वजनिक भएको छ। राज मल्लको निर्देशनमा तयार…

बुल्गेरियाका रहस्यमय दृष्टिविहीन बाबा वांगाले सुनको दरको बारेमा गरेको भविष्यवाणी पछि, नयाँ वर्षको अर्को भविष्यवाणी सत्य हुने संघारमा देखिन्छ। बाबा…

प्रतिकृयाहरू
...