Friday 20th March 2026

कथा काठमाण्डु को प्रोमो प्रति चलचित्र विकास बोर्डको अंकुश, निर्माण टिमद्वारा अापत्ति


तितोपाटी – चलचित्र ‘कथा काठमाण्डु’को प्रोमो अश्लिल भएको भन्दै चलचित्र विकास बोर्डले युटुबबाट हटाउन निर्देशन दिएको छ । युटुबमा अश्लिल दृश्य सहितको प्रोमो प्रदर्शन भैरहेको भन्दै तत्काल हटाउन बोर्डले निर्देशन दिएको हो । नायिका प्रियंका कार्की र नायक प्रमोद अग्रहरिविचका शारीरिक सम्बन्ध राख्दै गरेको दृश्यले यो चलचित्रलाई विवादमा ल्याएको छ । चलचित्र विकास बोर्डले सामाजिक मर्यादामा खलल पुग्ने देखिएकाले यथाशिघ्र हटाउन निर्देशन दिएको हो ।

यदि, प्रोमो नहटाइएको खण्डमा कारवाही गर्ने चेतावनी समेत बोर्डले दिएको छ । बोर्डले यो पत्र वोधार्थको रुपमा संचार तथा सूचना प्रविधी मन्त्रालयको श्रव्यदृश्य शाखामा पनि पठाएको छ । संगीता श्रेष्ठको निर्देशनमा तयार भएको यो चलचित्र गीत र प्रोमो सार्वजनिक भएपछि विवाद र चर्चाको घेरामा छ । असोज १२ गतेबाट चलचित्र रिलिज हुँदैछ ।

बोर्डको निर्देशन पछि यसको निर्माणपक्षले आपत्ती जनाएको छ । बोर्डले पठाएको पत्रमा समावेश गरिएको युटुबको यूआरएल चलचित्रको अफिसियल च्यानल हाइलाइट्स नेपालको होइन ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई समेत बोधार्थ गरिएको पत्रमा अन्य युट्युब च्यानल मार्फत अपलोड गरिएको र स्वयम् च्यानलको ब्यक्तिले अाफ्नै किसिमले मिक्सिङ गरिएको भिडियोलाई आधार मान्दै कारवाही समेत गर्न सकिने गरि बोर्डले गरेको पत्रमा निर्माण पक्षले आपति जनाएको हो। त्यस किसिमका अन्य युट्युब च्यानल र केहि अनलाइन पोर्टलमा अपलोड गरिएको सामाग्री प्रति निर्माण पक्षले आपति जनाउँदै यस अघि नै सम्बन्धित निकायमा त्यस किसिमका दृश्यलाई हटाउन लिखित निवेदन समेत दिईसकेको छ ।

निर्देशक संगीता श्रेष्ठ पछिल्लो समय यो चलचित्रको काममा व्यस्त छिन् । चलचित्रमा प्रियंका कार्की, आयुष्मान डिएस जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्षा अधिकारी, प्रमोद अग्रहरीको मुख्य भूमिका छ ।


सम्बन्धित शीर्षकहरु

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

प्रतिकृयाहरू
...