तितोपाटी – अोमनमा एक नेपालीको सडक दुर्घटनामा मृत्यु भएको छ । ओमनको रोयल दिवान कोर्ट अन्तर्गत अल वस्ता जंगली जनावर संरक्षण केन्द्रमा पशु चिकित्सकको रूपमा कार्यरत डा. बिष्णुबाबु तिवारीको सडक दुर्घटनामा ज्यान गएको हो ।
भरुभुमिमा रहेको जनावारलाई पानी लिएर गएको ट्याङकी पल्टदा उनको ज्यान गएको हो। ट्याङकर चालक भने सामान्य घाइते छन्।
उनी दुखुम क्षेत्रस्थित भरुभुमिमा रहेका जंगली जनावरको उपचारमा सक्रिय थिए। उनी दिवान कोर्टमा २०१४ देखि कार्यरत थिए। उनको शव स्थानीय अस्पतालमा राखिएको छ। शवलाई मस्कटमा ल्याई नेपाल पठाउने तयारी भइरहेको छ। दुर्घटनास्थल मस्कटबाट झन्डै ७ सय किलाेमिटर टाढा पर्छ।