Tuesday 13th January 2026

सर्वोच्च अदालतको प्रधानन्यायधीशमा अोमप्रकास मिश्र सर्वसम्मत


तितोपाटी – संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रलाई सर्वसम्मत अनुमोदन गरेको छ । उनीविरुद्ध चारवटा उजुरी परेको भए पनि एउटा उजुरी फिर्ता भइसकेको थियो भने बाँकी तीनवटा उजुरीका विषयमा छलफल भएको थियो ।
सोमबार बिहान संसदीय सुनुवाई समितिमा भएको छलफलपछि उनको नाम सर्वसम्मत अनुमोदन भएको हो ।

उनीविरुद्ध परेको उजुरीमा सशस्त्र प्रहरीका तत्कालीन डीआईजी रञ्जन कोइरालाको मुद्दामा नातेदारको पक्षमा फैसला गरिएको आरोप थियो । त्यसैगरी अर्को फौजदारी मुद्दामा चारजनालाई सफाइ दिएको आरोप थियो भने प्रश्नपत्र बिक्रीको आरोप लागेका व्यक्तिकै पक्षमा फैसला गरेको अर्को आरोप रहेको थियो ।

यसअघि प्रधानन्यायाधीशमा सिफारिस गरिएका दीपकराज जोशीलाई संसदीय सुनुवाइ समितिले अस्वीकृत गरेको थियो । सुनुवाई समितिमा आफूविरुद्ध परेको उजुरीबारे प्रष्ट पार्दै मिश्रले १७ हजार मुद्दाको फैसला गरेको बताएका थिए । मिश्रको जवाफ चित्तबुझ्दो आएको हुँदा सर्वसम्मतिले अनुमोदन गरेको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।


सम्बन्धित शीर्षकहरु

आइतबार (जनवरी १२) ह्वाइट हाउसले पुष्टि गर्‍यो कि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा तीव्र विरोध प्रदर्शनका बीच हवाई आक्रमण सहित…

निरेम प्रोडक्सनको आधिकारिक ब्यान्ड नेप्टोन ब्यान्ड (NepTone Band) को नयाँ गीत “अल्झेछु म” सार्वजनिक भएको छ। राज मल्लको निर्देशनमा तयार…

बुल्गेरियाका रहस्यमय दृष्टिविहीन बाबा वांगाले सुनको दरको बारेमा गरेको भविष्यवाणी पछि, नयाँ वर्षको अर्को भविष्यवाणी सत्य हुने संघारमा देखिन्छ। बाबा…

प्रतिकृयाहरू
...