Monday 23rd March 2026

सर्वोच्च अदालतको प्रधानन्यायधीशमा अोमप्रकास मिश्र सर्वसम्मत


तितोपाटी – संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रलाई सर्वसम्मत अनुमोदन गरेको छ । उनीविरुद्ध चारवटा उजुरी परेको भए पनि एउटा उजुरी फिर्ता भइसकेको थियो भने बाँकी तीनवटा उजुरीका विषयमा छलफल भएको थियो ।
सोमबार बिहान संसदीय सुनुवाई समितिमा भएको छलफलपछि उनको नाम सर्वसम्मत अनुमोदन भएको हो ।

उनीविरुद्ध परेको उजुरीमा सशस्त्र प्रहरीका तत्कालीन डीआईजी रञ्जन कोइरालाको मुद्दामा नातेदारको पक्षमा फैसला गरिएको आरोप थियो । त्यसैगरी अर्को फौजदारी मुद्दामा चारजनालाई सफाइ दिएको आरोप थियो भने प्रश्नपत्र बिक्रीको आरोप लागेका व्यक्तिकै पक्षमा फैसला गरेको अर्को आरोप रहेको थियो ।

यसअघि प्रधानन्यायाधीशमा सिफारिस गरिएका दीपकराज जोशीलाई संसदीय सुनुवाइ समितिले अस्वीकृत गरेको थियो । सुनुवाई समितिमा आफूविरुद्ध परेको उजुरीबारे प्रष्ट पार्दै मिश्रले १७ हजार मुद्दाको फैसला गरेको बताएका थिए । मिश्रको जवाफ चित्तबुझ्दो आएको हुँदा सर्वसम्मतिले अनुमोदन गरेको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।


सम्बन्धित शीर्षकहरु

साउदी अरेबियाको कडा चेतावनी र इरानसँगको द्वन्द्वको सम्भावना खाडी क्षेत्रको भूराजनीतिक परिदृश्यमा एक नयाँ मोड आएको छ।   साउदी अरेबियाका…

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

प्रतिकृयाहरू
...