Tuesday 13th January 2026

संचिताको ‘गुनगुन’ कत्तिक अन्तिममा अाउने, टिजर सार्वजनिक


तितोपाटी – संचिता लुइंटेल अभिनित नेपाली कथानक चलचित्र ‘गुनगुन’ को टिजर सार्वजनिक भएको छ । कलाकार पुकार भट्टराइको निर्देशन रहेको चलचित्र ‘गुनगुन’ले प्रचारप्रसार समेत सुरु गरेको छ । ३० कातिक रिलिज मिति घोषणा गरिएको चलचित्रको अहिले टिजर सार्वजनिक गरिएको हो । आइतबार सार्वजनिक टिजरमा सामाजिक कथावस्तुले प्रथामिकता पाएको छ ।

प्राथना फिल्मस्को प्रस्तुतिमा तयार भएको चलचित्रमा संचिता लुइँटेल, रविन्द्र प्रताप सेन, सुवास मेचे, नविन श्रेष्ठ, गणेश जिसी, देशभक्त खनाल, अनु भण्डारी, सुमेश श्रेष्ठ, राधा दाहाल, भिम मैनाली, बाल्दिप राई, विपिन प्रसाई र स्वयम् निर्देशक भट्टराईको समेत अभिनय रहेको छ ।

हिमाल केसीको द्वन्द, अर्जुन जिसीको सम्पादन र सौरभ लामाको छायाँकन रहेको चलचित्र अष्ट्रेलियामा सेप्टेम्बर ३० मा वर्ल्ड प्रिमियर हुँदैछ । प्रेम कथामा आधारित यस चलचित्रलाई उपत्यका बाहिर आरआर फिल्मस् र उपत्यकामा सुनिल मानन्धरले वितरण गर्दैछन् ।

कलाकारितामार्फत संगालेको अनुभवलाई आफुले चलचित्रमा उतारेको निर्माता समेत रहेका निर्देशक पुकारले बताए । चलचित्रबाट दर्शकले भरपुर मनोरञ्जन पाउने उनले दाबी गरे ।


सम्बन्धित शीर्षकहरु

आइतबार (जनवरी १२) ह्वाइट हाउसले पुष्टि गर्‍यो कि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा तीव्र विरोध प्रदर्शनका बीच हवाई आक्रमण सहित…

निरेम प्रोडक्सनको आधिकारिक ब्यान्ड नेप्टोन ब्यान्ड (NepTone Band) को नयाँ गीत “अल्झेछु म” सार्वजनिक भएको छ। राज मल्लको निर्देशनमा तयार…

बुल्गेरियाका रहस्यमय दृष्टिविहीन बाबा वांगाले सुनको दरको बारेमा गरेको भविष्यवाणी पछि, नयाँ वर्षको अर्को भविष्यवाणी सत्य हुने संघारमा देखिन्छ। बाबा…

प्रतिकृयाहरू
...