Friday 19th December 2025

वैदेशिक रोजगारीसँग सम्बन्धित मोवाइल एप ‘प्रवासीको साथ’ को विकास


तितोपाटी – वैदेशिक रोजगारीमा जान चाहने तथा गएकाहरूलाई लक्षित गरी एक मोबाइल एप्सको विकास गरिएको छ । प्रवासीको साथ नामक उक्त मोबाइल एप्लिकेसन आर्थिक क्यालकुलेटरका रूपमा तयार पारिएको बताइन्छ । यसले वैदेशिक रोजगारकर्मीहरूको आर्थिक विश्लेषण गर्नुका साथै सुरक्षित वैदेशिक रोजगारी तथा विदेश जाँदा चाहिंने जानकारीहरू प्रदान गर्छ ।
वैदेशिक रोजगारीसम्बन्धी आवश्यक जानकारी पूर्ण रुपमा एउटै एप्समा उपलब्ध गराउने उद्देश्यका साथ यसको निर्माण गरिएको वल्र्ड एजुकेसनकी कन्ट्री डाइरेक्टर हेलेन शेर्पाले बताइन् ।

विदेश जाने तयारीमा रहेका, प्रस्थान गर्नुअघिको अवस्था तथा विदेशमा हुँदाको अवस्थामा उपयोग हुने गरी यसलाई तीन भागमा विभाजन गरिएको छ । यी तीनै खण्ड एक–अर्कासँग अन्तरसम्बन्धित छन् ।

अघिल्लो खण्डमा भएको आर्थिक अभिलेख पछिल्लो खण्डमा तुलनात्मक रूपमा देखाइने हुँदा विदेश जाने तथा विदेश गएका कामदारहरूलाई आर्थिक विश्लेषण गर्नुका साथै वैदेशिक रोजगार प्रक्रियामा लाग्ने खर्च, खर्चको व्यवस्थापन एवं भविष्यमा हुन सक्ने सम्भावित आँकडा प्राप्त गर्न मद्दत मिल्छ ।

यो एप्समा वैदेशिक रोजगारीका लागि सरकारी मान्यता प्राप्त सीप विकास केन्द्र, म्यानपावर कम्पनी, स्वास्थ्य केन्द्र, बिमा कम्पनी, रेमिट्यान्स कम्पनी, ओरिन्टेसन सेन्टर तथा वैदेशिक रोजगार प्रक्रियाका लागि आवश्यक अन्य जानकारीहरू समेटिएको छ ।

वर्ल्ड एजुकेसनले अम्निल टेक्नोलोजिजको प्राविधिक सहयोगमा उक्त एप्लिकेसनको विकास गरेको हो । यो एप्लिकेसन नेपाली तथा अंग्रेजी भाषामा तयार गरिएको छ र यो आइओएस, एन्ड्रोइड तथा वेभ भर्सनमा उपलब्ध छ ।


सम्बन्धित शीर्षकहरु

नेपालको न्यायपालिका पूर्ण रुपमा गुलामी संबैधानिक सँस्था का रुपमा परिणत भईसकेको छ हो भन्ने कुरा केही बर्षका घटनाहरुले प्रष्ट भईसकेको…

हुथीहरूले विगतका वर्षहरूमा संयुक्त राज्य अमेरिका र इजरायलको लागि जासुसी गरेको आरोप लगाउँदै दर्जनौं संयुक्त राष्ट्र संघका कर्मचारी र सहायताकर्मीहरूलाई…

पुनरावेदन अदालतको दोस्रो सर्किटले लागूऔषध तस्करीको आरोपमा चार इरानी नागरिकलाई मृत्युदण्डको सजाय सुनाउने फौजदारी अदालतको फैसलालाई समर्थन गरेको छ ।…

प्रतिकृयाहरू
...