Monday 25th August 2025

प्रधानमन्त्री अोली भन्छन् – ‘बिमस्टेक सम्मेलनबाट नेपालको प्रतिष्ठा र क्षमता बढ्यो’


तितोपाटी – प्रधानमन्त्री केपी ओलीले बिमस्टेकको चौथो शिखर सम्मेलन आयोजना गरेर नेपालको प्रतिष्ठा र क्षमता बढाएको बताएका छन् । भर्खरै सम्पन्न बिमस्टेक सम्मेलनबारे अाज सदनलाई जानकारी दिँदै प्रधानमन्त्री ओली यस शिखर सम्मेलनबाट नेपालको प्रभाव प्रतिष्ठा, विश्वसनातियता, क्षमतासमेत वृद्धि गरेको बताए ।

उनले भने, ‘नेपालले व्यवस्थित रुपमा गर्न सक्छ भन्ने देखाएको छ।’नेपालले विमस्टेक सम्मेलन सावधानीका साथ आयोजना र सञ्चालन त्रुटिरहित गरेकोले प्रभावकारी र सफल भएको प्रधानमन्त्रीले बताए । यही भदौ १४ र १५ गते काठमाडौंमा आयोजना भएको सम्मेलन १८ बुँदे घोषणा पत्र जारी गर्दै सकिएको थियो।

बिमस्टेक सम्मेलन सफलता भएको भन्दै प्रधानमन्त्री ओलीले सोही अवसरमा म्यानमार र श्रीलंकाका राष्ट्रपतिसँग द्विपक्षीय भ्रमण र भारतका प्रधभामन्त्री नरेन्द्र मोदीसँग बिमस्टेकबाहेकका दुई देशका विभिन्न पक्षबारे कुराकानी भएको सदनलाई जानकारी दिए। यो सम्मेलनबाट सदस्य राष्ट्रहरुबीच तनाब नभई सहजताका साथ भावी दिसा र गन्तव्यमा अघि बढ्ने साझा निष्कर्ष निकालिएको उनले उल्लेख गरे। शिखर सम्मेलनबाट जारी काठमाडौं घोषणापत्रमा साझा निष्कर्ष, थुप्रे क्षेत्रहरु ओगटेको प्रधानमन्त्रीको भनाइ थियो।

सबै राष्ट्रप्रमुख र सरकार प्रमुखसँग छुट्टाछुट्टै भएको भेटमा क्षेत्रीय हित र समस्याका समाधानका प्रयासबारेमा कुराकानी भएको प्रधानमन्त्रीले उल्लेख गरे । उनले सम्मेलनको अवसरमा आयोजना गरिएको अनौपचारिक राजनीतिक स‌ंवाद (रिट्रिट) मौसमका कारण बदल्नु परेको प्रस्ट्याए । गोकर्ण रिसोर्टमा हुने भनिएको रिट्रिट पछि सोल्टी होटलमा राखिएको थियो ।  उनले क्षेत्रीय सहयोगलाई थप उपलब्धिमुलक बनाउन घोषणापत्र जारी गरेको पनि बताए ।

सम्मेलनका अवसरमा उर्जा क्षेत्रमा सहयोग, व्यापार प्रवर्द्धनको समझदारी भएको उनले उल्लेख गरे । त्यस्तै विद्युत् उत्पादनको प्रयोग गरेर भारत, बिमस्टेक सदस्य राष्ट्रलाई बिक्री गर्ने वातारण खुलेको पनि प्रधानमन्त्रीले बताए ।


सम्बन्धित शीर्षकहरु

कुवैत शहर, अगस्ट २३ आन्तरिक मन्त्रालय अन्तर्गतको लागूऔषध नियन्त्रण सामान्य विभाग (DCGD) निर्देशक ब्रिगेडियर जनरल मोहम्मद कबाजार्ड र उपनिर्देशक ब्रिगेडियर…

रियाद: साउदी अरबका युवराज मोहम्मद बिन सलमानले बिहीबार वार्षिक राष्ट्रिय रक्तदान अभियान सुरु गर्न रक्तदान गर्नुभयो, जुन एक दयालु इशारा…

न्यायको क्रूर कार्यान्वयनमा, इरानले तीन दिनमा दोस्रो सार्वजनिक मृत्युदण्ड दियो। बिहीबार, अगस्ट २१ मा, हत्याको दोषी ठहरिएका एक इरानी पुरुषलाई…

प्रतिकृयाहरू
...