Wednesday 25th March 2026

इटालीमा एक नेपाली कामदारले अात्महत्या गरे


तितोपाटी – इटालीमा एक नेपालीले झुण्डिएर आत्महत्या गरेका छन् । तानग्राम–२ बागलुङ स्थायी घर भएका ३४ वर्षीय नविन थापाले आत्महत्या गरेका हुन् ।

गत अगष्ट १६ तारिख बिहानीपख पार्कमा झुण्डिइरहेको अवस्थामा थापाको शव फेला परेको जानकारी प्राप्त भएको स्वीट्जरल्याण्डस्थित नेपाली दूताबासले जनाएको छ । यो नेपाली दूताबासले इटालीलाई समेत हेर्दै आएको छ ।

दूतावासका द्वीतीय सचिव भुवन पौडेलका अनुसार घटनाबारे परिवारलाई समेत जानकारी भइसकेको छ । पौडेलले भने-‘बेल्जियममा रहँदै आएका मृतकका आफन्त राजु थापाको रोहवरमा इटालीमै शतगतका लागि परिवारले अनुमति दिएको छ ।’

झण्डै १० बर्षदेखि इटालीमा बैधानिक रुपमा बस्दै आएका थापा अविवाहित थिए । इटालीस्थित नेपालीहरुका अनुसार गत बर्ष डिसेम्बरमा डेप्रेसनका कारण केही दिन उनी अस्पतालसमेत भर्ना भएका थिए । त्यसपछि नेपाल फर्केका उनी केही समयको बसाइपछि पुनः इटाली फर्किएका थिए ।

थापाको पोष्टमार्टमको रिपोर्ट प्राप्त भइनसकेको दूतावासले जनाएको छ । उनको तलब, बैंक वा कतै रकम रहेमा सो पत्ता लगाउने पहल भइरहेको दूताबासले जनाएको छ ।

गत नोभेम्बरमा पनि म्याग्दी रघुगंगा गाउपालिका पाखापानीका ३६ वर्षीय धनमान पूर्जाले इटालीमा ज्यान गुमाएका थिए । अवैधानिक रुपमा लिबियादेखि सामुन्द्रिक डुंगा चढेर इटाली जाने क्रममा पूर्जाको हृदयाघातबाट निधन भएको थियो ।


सम्बन्धित शीर्षकहरु

यो युद्ध कहाँ जाँदैछ र किन अन्त्य गर्न गाह्रो छ?”—वास्तवमा अहिलेको मध्यपूर्वको सबैभन्दा जटिल र निर्णायक प्रश्न हो। यहाँ सतहमा…

मध्यपूर्वको अस्थिर भू-राजनीतिक परिदृश्यबीच हालै विकसित घटनाक्रमले फेरि एकपटक अन्तर्राष्ट्रिय शक्तिहरूबीचको गहिरो अविश्वासलाई उजागर गरेको छ। Group of Seven द्वारा…

आजको विश्व तीव्र रूपमा प्रविधिमुखी बन्दै जाँदा युद्धको स्वरूप पनि गहिरो परिवर्तनको चरणमा पुगेको छ। कुनै समय बन्दुक, ट्याङ्क र…

प्रतिकृयाहरू
...