Sunday 22nd March 2026

बाँकेमा साइकलमा घर पुर्याइदिन्छु भन्दै ६ वर्षीया बालिकामाथि बलात्कार


तितोपाटी – बाँकेको कोहलपुर नगरपालिका–४ मदन चोकमा ६ बर्षिया अबोध बालिका बलात्कारको शिकार भएकी छिन् । मंगलबार मध्यान्ह आफ्नो आमासँग किराना पसलमा बसिरहेकी बालिकालाई स्थानीय हरुन खानले ‘साईकलमा घर लगिदिन्छु’ भन्दै आफ्नै घरमा लगेर बलात्कार गरेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख (डिएसपी) रमेशबहादुर सिंहले जानकारी दिएका छन् ।

ईलाका प्रहरी कार्यालय कोलहपुरले २० बर्षिय हरुन खानलाई नियन्त्रणमा लिएको छ । बलात्कृत बालिकालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । ‘अभियुक्तलाई हामीले नियन्त्रणमा लिएका छौं’ डिएसपी सिंहले भने, ‘घट्नाबारे थप अनुसन्धान भइरहेको छ ।’

खानले बालिकाको आमालाई उनको घरमा लगेर छाडिदिन्छु भनेर साईकलमा लगे पनि आफ्नै घरतर्फ लगेर बलात्कार गरेका थिए ।


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

प्रतिकृयाहरू
...