Wednesday 21st January 2026

साउदी अरेवियामा अलपत्र नेपाली कामदारद्वारा उद्दारका लागि याचना


तितोपाटी – साउदी अरबमा अलपत्र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका जीतबहादुर कट्वालले उद्धारका लागि याचना गरेका छन्।

१० महिनादेखि साउदीमा अलपत्र बनेका कट्वालले स्वदेश फर्काउनका लागि सहयोगको याचना गरेका हुन् । तलब नपाएको भन्दै संयुक्त हड्तालमा उत्रिएपछि कट्वालसहितका कामदार रसान कम्पनीबाट निकालिएका थिए।

सन् २०१० मा एबी इम्प्रोभमेन्ट सोलुसन मेनपावर कम्पनीलाई ८० हजार रुपैयाँ बुझाएर उनी साउदी पुगेका थिए । कट्वाललाई उनी कार्यरत रसान कम्पनीले नेपाल फर्कने प्रक्रिया अघि नबढाइदिंदा समस्या भएको सुरक्षित आप्रवासन परियोजनाको दिक्तेलस्थित सूचना तथा परामर्श केन्द्रकी परामर्शकर्ता अम्बिका दाहालले बताइन्।

तेस्रो छुट्टीमा ०७४ सालको दसैंमा घर फर्किएका कट्वाल सोही वर्षको पुसमा पुनः फर्किएका थिए । पाँच सय रियल बेसिक र ओभरटाइम गरी ११ सय रियाल तलब पुग्ने गरेपनि कम्पनीले तलव दिन छाडेपछि कामदार हड्तालमा उत्रिन बाध्य भएको कटुवालले बताए।

हड्तालमा उत्रिएका कामदारमध्ये केही घर र केही काममा फर्केका छन् । कट्वालसहित श्रीलंका र भारतका एक–एकजना गरी तीन जना कामदार भने हालसम्म अलपत्र अवस्थामा छन्।

-नागरिकन्यूजबाट


सम्बन्धित शीर्षकहरु

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

प्रतिकृयाहरू
...