Monday 29th April 2024

केदार अाले मगरको पहलमा संकलित १०, ८९, २०९।- तथा १२ थान कम्प्युटर श्री ज्यू माविलार्इ हस्तान्तरण


तितोपाटी – खोटाङ जिल्लाको बाराहपोखरी गाउँपालिका वडा नं:२ सुन्तलेमा अवस्थित श्री ज्यू मा.बि. लाई कम्प्युटर खरिद गरि कम्प्युटर कक्षा संचालन गर्न र अक्षयकोष स्थापना गर्नको लागि प्रवासबाट केदार अाले मगरको नेतृत्वमा आर्थिक सहयोग अभियानवाट संकलन भएको रु. १०,८९२०९ रुपैयाँ गत शुक्रबार एक कार्यक्रमका विच विद्यालयलाई हस्तान्तरण गरिएको छ  भने सहयोग दाताहरूबाट मिलेको १२ थान कम्प्यूटर पनि जडान गरिएको छ । 

अक्षयकोष तथा कम्प्युटर हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि खोटाङ क्षेत्र नम्बर–२ ख का प्रदेशसभा सदस्य, नेकपाका केन्द्रीय सदस्य तथा पूर्व सभासद् रामकुमार राई ‘पासाङ’ ले साकुमा फ्रेन्ड सीप ट्रस्ट यूकेका संचालक चन्द्र कुमार राई मार्फत ९ थान कम्प्युटर र अमेरिका,जापान र नेपाल बाट ३ थान कम्प्युटर सहित अक्षयकोष स्थापनाको लागि प्रवासबाट केदार  अाले मगरको नेतृत्वमा अन्तर्राष्ट्रिय समितिबाट संकलित  रु-१०,८९,२०९ दस लाख उनान्नब्बे हजार दुई सय नौ रुपैया बराहपोखरी गाउँपालिका २ सुन्तलेमा अवस्थित श्री ज्यू माबिलाई हस्तान्तरण गरेका हुन् । समारोहमा प्रमुख अतिथिका अतिरिक्त नेकाका जिल्ला सचिब इच्छु राना मगर बराहपोखरी गाँउपालिकाका प्रमुख सालिकराम बन्जारा उपप्रमुख गोमा मगर श्री ज्यू माबिका प्र.अ.तुलसी प्रसाद पोखरेल विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष चन्द्रमाणी राई स्थानिय बुद्धिजीवी जनप्रतिनिधिहरुको उपस्थितिमा साकुमा फ्रेन्ड सीप ट्रस्ट यूकेका संचालक चन्द्र कुमार राई अक्षयकोष अभियान समितिका अनुगमन प्रमुख ध्यान कुमार राई सदस्य कर्ण ब.आले मगर लगायत प्रवाशबाट वार्षिक छुट्टीमा जन्मथलो पुगेको अर्थ संकलन अभियान समितिको टोलीको समेत उपस्थिति थियो । कम्प्युटर र अक्षयकोष स्थापनाको लागि संकलित रकम विद्यालय ब्यवस्थापन समितिको रोहबरमा परिचालित आर्थिक परिचालन समितिलाई हस्तान्तरण गरिएको थियो ।

सोहि कार्यक्रममा स्थानिय शिक्षक बुद्धिजीवी समाजसेवीहरुले अक्षयकोष स्थापनाको लागि विद्यालय ब्यवस्थापन समिति मार्फत रु-१,४३,३७५ (एक लाख त्रिचालीस हजार तिन सय पचहत्तर रुपैया सहयोग संकलन भएको थियो।

सो अवसरमा खोटाङ जिल्लाबाट निर्बाचित नेकपाका प्रदेश प्रदेश सभा सदस्य राम कुमार राई (पासाङ) ले  भने, – यो देश तथा बिदेशमा कार्यरत सुन्तलेबासीहरुको शिक्षाको लागि धेरै राम्रो कार्य हो भन्दै अाफु जनप्रतिनिधि भएको नाताले राज्यबाट शिक्षामा पाउनु पर्ने सुबिधा योजनाहरु यस क्षेत्र र यस विद्यालयलाई कम्प्युटर शिक्षकको लागि अविलम्ब पहल गर्ने वचन दिए भने सोही गाँउपालिका प्रमुख सालिकराम बन्जाराले पनि गाउँपालिकाले सक्दो शिक्षामा सहयोग गर्ने अास्वासन दिए । यसरी नै गाउँपालिका उपप्रमुख श्रीमती गोमा मगरले पनि अबको शिक्षा टेक्नोलोजी सिस्टममा अगाडी बढ्ने भएकोले यश अभियानले श्री ज्यू माबीमा अध्यानरत विद्यार्थीको कम्प्युटर पढ्ने चाहाना कम्प्युटर शिक्षक नियुक्ति नगरी कन विद्यार्थीहरुको चहाना पूरा नहुँने हुँदा कम्प्युटर शिक्षक नियुक्तिको लागि गाउँपालिकाले चाडो भन्दा चाडो पहल गर्ने प्रतिवद्धता व्यक्त गरिन् । यसरी नै साकुमा फ्रेन्ड सीप ट्रस्ट यूकेका संचालक चन्द्र कुमार राईले सर्वप्रथम अाफुले नेतृत्व गरि रहेको साकुमा फ्रेन्ड सीप ट्रस्ट यूकेले सोलर प्यानल र ९ थान कम्प्युटर सहयोग गरे पनि कम्प्युटर बिग्रिएमा वा कम्प्युटर शिक्षकलाई तलब नै खुवाउनु पर्यो भने पनि रकमको अभाव हुने भएकोले मैले प्रवासी साथीहरूलाई हारगुहार मागेर अक्षयकोष स्थापना गर्न आर्थिक अभियान संकलन गर्न अनुरोध गरेकोमा कुवेतमा कार्यरत केदार अाले मगरको नेतृत्वमा अभियान सुरु भएको थियो र यस अभियानमा धान कुमार राई,राजेन्द्र दाहाल,पुकल श्रेष्ठ,ढक राना मगर,चुडामणि दाहाल,तिर्थराज बन्जारा,नरहरी बन्जारा,चन्द्र गुर्मछान मगर,चन्द्र बुर्जा मगर,बम लुङ्गेली मगर,अनिल राई मान ब.थापा मगरको विशेष भुमिका रहेको थियो भने देश बिदेशमा रहेका मनकारी सुन्तलेबासिहरुको साथ र सहयोगले यस अभियान सफल भएकोले प्रत्यक्ष – परोक्ष रूपमा सहयोगी  सबैलार्इ धन्यवाद ज्ञापन गरेका थिए ।

प्रवासमा बसेर हरेक किसिमले दुःखमा परेका नेपालीहरूको राहत उद्दारमा सदा तत्पर हुने सामाजिक मनका धनि केदार अाले मगर प्रवासी नेपालीहरूका लागि चिर परिचित नाम हो । प्रवासमा मजदुरी गरेर बचेको समयलार्इ सदा सेवाका कार्यमा खर्चन अघि सर्ने अालेले प्रवासमा हुने हरेक सहयोग अभियानहरूमा अग्रपंतिमा रहेर सेवा गर्ने गरेका छन् भने यस अघि नै उनकै सकृयतामा खोटाङकै माकापुको सुन्तले प्राविको स्तरोन्नतिको लागि अार्थिक अभियान संचालन गरि सफल रूपमा सम्पन्न गरिसकेका छन् । अाफुहरूले शिक्षामा प्रगति गर्न नपाए पनि भावी पुस्तालार्इ शिक्षाको उज्यालो घामबाट बन्चित गर्नु हुँदैन भन्ने धारणा राख्ने अाले मगर अघिल्लो पटक सुन्तले प्राविको लागि अक्षयकोष स्थापना गर्ने समयमा सहयोग गर्ने हरू देखि यस पटकको श्री ज्यू माविको अक्षयकोष स्थापना गर्ने अभियानसम्म अाइपुग्दा दिल खोलेर सहयोग गर्नुहुने सम्पुर्ण सहयोगी मनहरू प्रति हार्दिक अाभार प्रकट गर्दै प्रत्यक्ष/परोक्ष रूपमा यस अभियानमा संलग्न सबैलार्इ धन्यवाद दिँदै अागामी दिनमा समेत सबैसँग हातेमाले गरेर अघि बढ्ने दृढ विश्वास राख्दै जन्मथलोको विकासको लागि सबैले साथ, सहयोग र समर्थन गर्नुपर्ने बताउँछन् ।


सम्बन्धित शीर्षकहरु

एजेन्सी । अल मकतुम अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ टर्मिनलको काम सुरु भएको दुबईले आइतबार घोषणा गरेको छ । संयुक्त अरब इमिरेट्सका…

कुवेत/नेपाल कुबेत सरोकार समाजले आफ्नो पाँचौ साँगितिक धमाका यहि आँउदो 31 मे 2024 शूक्रबार को दिन नेपालबाट आमन्त्रित ख्यातिप्राप्त अथिति…

मुलुकमा स्वदेशी तथा विदेशी लगानी भित्र्याउने उद्धेश्यले आजबाट तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन सुरु भएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमबीच…

प्रतिकृयाहरू
...