Friday 9th October 2026

यस वर्षको मदन पुरस्कार निलम कार्की ‘निहारीका’ को “योगमाया” लार्इ


तितोपाटी – यस पटकको मदन पुरस्कार ‘योगमाया’ पुस्तकका लागि नीलम कार्की निहारिकालाई प्रदान गरिने भएको छ। मदन पुरस्कार गुठीले बाल साहित्यको विकास, विस्तार र प्रवर्धनमा पाँच दशकदेखि सक्रिय शान्तदास मानन्धरलाई को जगदम्बाश्री प्रदान गर्ने समेत निर्णय गरेको छ।

यस वर्षको मदन पुरस्कारका लागि आठ पुस्तक छानिएका थिए। २०७४ को मदन पुरस्कारका लागि प्राप्त २ सय ५३ पुस्तकमध्ये गुठीले आठवटा पुस्तकलाई श्रेष्ठ पुस्तकका रुपमा छनौट गरेको थियो।

छनौट भएका पुस्तकमा नीलम कार्की निहारिकाको ‘योगमाया’, ध्रुवसत्य परियारको ‘कैरन’, नयनराज पाण्डेको ‘यार’, सरस्वती प्रतीक्षाको ‘नथिया’, यज्ञशको ‘भुइँया’, राज माङ्लाकको ‘लिम्बूनी गाउँ’, तीर्थ गुरुङको ‘पाठशाला’ र मोहन वैद्य किरणको ‘हिमाली दर्शन’ रहेका थिए।

नेपाली साहित्यमा प्रतिष्ठित मानिने मदन पुरस्कार पाउने कार्की चौथी महिला हुन्। । यस अघि विसं २०२२ मा ‘शिरीषको फूल’ उपन्यासका लागि पारिजात (विष्णुकुमारी वाइबा) लाई मदन पुरस्कार दिइएको थियो भने विसं २०६७ मा प्रकाशित आत्मजीवनीपरक निबन्ध ‘जीवन काँडा कि फूल’ का लागि झमककुमारी घिमिरे र विसं २०७० मा प्रकाशित संस्मरणात्मक कृति ‘खलङ्गामा हमला – एउटी नर्सको डायरी’ का लागि राधा पौडेलले मदन पुरस्कार प्राप्त गरेका थिए।


सम्बन्धित शीर्षकहरु

र्वी युक्रेनको दोनेत्स्क क्षेत्रस्थित क्रामाटोर्स्क शहरमा बिहीबार भएको रुसी आक्रमणमा दुईवटा सार्वजनिक बसमा आगलागी हुँदा कम्तीमा ३३ जनाको मृत्यु भएको…

रियाद, २३ असोज। यमनका हुथी विद्रोहीले साउदी अरबको राजधानी रियादस्थित विमानस्थललाई लक्षित गरी क्षेप्यास्त्र आक्रमण गरेको दाबी गरेका छन्। उक्त…

भारत र इजरायलबीचको सम्बन्ध प्रधानमन्त्री नरेन्द्र मोदीको शासनकालमा उल्लेखनीय रूपमा नजिकिएको छ। सन् २०२३ अक्टोबर ७ मा हमासको आक्रमणपछि गाजामा…

प्रतिकृयाहरू
...