Friday 9th October 2026

गजल


गजल
भेटिन्नन् एउटै चाहना यो भिड शहरमा
पाइन्न आत्मिय भावना यो भिड शहरमा ।।

साथी,भाइ ,इष्टमित्र देखावटी मात्रै सबै
गर्दैन कसैले कामना यो भिड शहरमा ।।

हराइरहेछ सबैमा मानवता दिनानुदिन
हुन्न कसैमा संवेदना यो भिड शहरमा ।।

जता हेर्यो जे मा पनि मिसावट मात्रै हुने
छैन केही मा शुद्धपना यो भिड शहरमा ।।

नयाँ भेट,नयाँ परिचय अनि आनिबानी
हुदैन कसैको सम्झना यो भिड शहरमा ।।

कमला न्याैपाने, झापा

हाल – भक्तपुर


सम्बन्धित शीर्षकहरु

र्वी युक्रेनको दोनेत्स्क क्षेत्रस्थित क्रामाटोर्स्क शहरमा बिहीबार भएको रुसी आक्रमणमा दुईवटा सार्वजनिक बसमा आगलागी हुँदा कम्तीमा ३३ जनाको मृत्यु भएको…

रियाद, २३ असोज। यमनका हुथी विद्रोहीले साउदी अरबको राजधानी रियादस्थित विमानस्थललाई लक्षित गरी क्षेप्यास्त्र आक्रमण गरेको दाबी गरेका छन्। उक्त…

भारत र इजरायलबीचको सम्बन्ध प्रधानमन्त्री नरेन्द्र मोदीको शासनकालमा उल्लेखनीय रूपमा नजिकिएको छ। सन् २०२३ अक्टोबर ७ मा हमासको आक्रमणपछि गाजामा…

प्रतिकृयाहरू
...