Tuesday 13th January 2026

भूकम्पको कथा बोकेर ‘ब्ल्याक इयर’ अाउँदै


तितोपाटी – भूकम्पको कथा अाधारित रहेर नेपाली चलचित्र ‘ब्ल्याक इयर’ बनाइने भएको छ ।

२०७२ साल बैशाख १२ को भुकम्पले एउटा परिवारलाई पुर्याएको क्षतिको कथामा ‘ब्ल्याक इयर’ फिल्मको घोषणा गरिएको छ।

गत हप्ता काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको घोषणा गरिएको हो ।

फिल्मलाई लक्षु गौतमले निर्देशन गर्दैछिन् । योगेन्द्र पनेरुले निर्माण रहेको फिल्म भाद्र १० बाट फ्लोरमा जाँदैछ ।

फिल्मको छायांकन काडमाडौं र ललितपुरमा गरिनेछ ।

फोकस आउट मिडिया प्रा. लि.को ब्यानरमा निर्माण हुने सिनेमाको रिलिज डेट २०७६ सालको बैशाख १२ लाई तय गरिएको छ ।

फिल्ममा सुरेन्द्र बुढाथोकी र रश्मी शाह, उकेश पनेरु, अनुपा खड्का, देव सागर, पवन भट्टराई लगायतका कलाकारहरुको अभिनय रहनेछ ।


सम्बन्धित शीर्षकहरु

आइतबार (जनवरी १२) ह्वाइट हाउसले पुष्टि गर्‍यो कि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा तीव्र विरोध प्रदर्शनका बीच हवाई आक्रमण सहित…

निरेम प्रोडक्सनको आधिकारिक ब्यान्ड नेप्टोन ब्यान्ड (NepTone Band) को नयाँ गीत “अल्झेछु म” सार्वजनिक भएको छ। राज मल्लको निर्देशनमा तयार…

बुल्गेरियाका रहस्यमय दृष्टिविहीन बाबा वांगाले सुनको दरको बारेमा गरेको भविष्यवाणी पछि, नयाँ वर्षको अर्को भविष्यवाणी सत्य हुने संघारमा देखिन्छ। बाबा…

प्रतिकृयाहरू
...