Sunday 22nd March 2026

मृगौला पीडितको उपचारमा आर्थिक संकट, सहयोगको अपिल !


चन्द्र बिश्वकर्मा – म्याग्दी मंगला गाउँपालिका -५ नेटाका सुरेश छन्त्यालको उपचारको लागि आर्थिक संकट भएको छ । दुवै मृगौलाले काम गर्न नसकेर थलिएका सुरेश भर्खर १९ वर्षका छन । युवा अवस्था मै दुवै मृगौलाले काम गर्न छोडेपछि उनी निकै चिन्तित बनेका छन ।

उनको घरको आर्थिक अवस्था अत्यन्तै कमजोर भएकाले उपचार गराउन पनि निकै कठिन हुने भएको छ । सुरेशले सानै उमेरमा गाडी दुर्घटनामा आमा समेत गुमाएका छन । दुवै मृगौला पीडित सुरेशको काठमाडौं स्थित शिक्षण अस्पतालका चिकित्सक डा. कमल लामिछानेको निगरानीमा उपचार भइरहेको छ ।

दुवै मृगौला पीडित सुरेश बेनीको माउण्ट एभरेष्ट आवासीय माविमा कक्षा १२ मा अध्ययनरत छन ।उनको उपचारका लागि रु २५ लाखदेखि ३० लाखसम्म आवश्यक पर्ने म्याग्दी प्रवासी नेपाली संघ (मोना) कुवेतका उपसंयाेजक दिपक छन्त्यालले तितोपाटी लाई जानकारी गराएका छन ।

देश तथा बिदेशमा रहेका संघ – सस्था लगायत सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु लाई सुरेशको जीवन रक्षाका लागि सक्दो आर्थिक सहयोग गरिदिनको लागि म्याग्दी मोनाका उपसंयाेजक दिपक छन्त्यालले हार्दिक अपिल गरेका छन ।

तपाईहरु पनि सहयोग गर्न चाहानु हुन्छ भने म्याग्दी मोनाका उपसंयाेजक दिपक छन्त्याल सम्पर्क नम्बर +९६५६६०३२८८० अथवा ओम कुमारी शान्ति कोष वनेपा – ६ म्याग्दीको खाता न . ग्लोबल अाईएमई ४८०१०१००००९३ पठाउन सक्नु हुनेछ । जानकारीको लागि ओम कुमारी शान्ति कोष अध्यक्ष राजेश शाक्य – ९८५६६२५६०१, अभियान संयोजक डग पाइजा – ९८४७७४१९९९ र सचिब लोकेश पुन – ९८४७६४९७४३


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

प्रतिकृयाहरू
...