Wednesday 25th March 2026

दुबईबाट अर्घाखाँचीका युवा द्वारा रीता खड्कालाई सहयोग


तितोपाटी- दुबईमा कार्यरत अर्घाखाँची भुमिका स्थान नगरपालीका घर रहेका शान्ति मा बी. का भुपु बिधार्थी द्वारा रीता खड्कालाई आर्थिक सहयोग गरेका छन।

अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिकामा  रुख बाट लडेर मेरुडन्डको सल्यकृया गर्न पर्ने भएपछि आर्थिक अभाबमा केही दिन देखि अस्पतालको बेड बाट सहयोगको अपिल गरेकि रिता खडका को श्रीमानको अल्पायु मै मृत्यु भैसकेको छ।

पीड़ित रिताका घरमा  दुई बच्चा रहेका छन।

सहयोगको प्रतिक्षा गरिरहेकी रिता खडका अहिले काठमाण्डूमा उपचारर्थ रहदै आएकी छिन।  श्री सान्तिमाबी मा अध्यन गरि रोजगारिको सिलसिलामा हाल युएइमा कार्यरत भुपु बिधार्थी समुहले रिता खडका लाई १ लाख ६८ हजार ७ सय ७५ रुपैया आर्थिक सहयोग गरेको छ।

आर्थिक अभाबमा परि विभिन्न समस्यामा परेकाहरु लाई सेबा नै धर्म सम्झेर आर्थीक सहयोग गर्दै आएको बिधार्थी समुहले आफुले अध्यन गरेको शान्ति माबी लाई १२ थान कम्प्युटर, प्रोजेक्टर हस्तान्तरण गरिसकेको छ। भने केही समय भित्रै त्यो क्षेत्रका अरु स्कुलहरु लाई कम्प्युटर तथा प्रोजेक्टर उपलब्ध गराउने योजना बनाएको छ।


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वको अस्थिर भू-राजनीतिक परिदृश्यबीच हालै विकसित घटनाक्रमले फेरि एकपटक अन्तर्राष्ट्रिय शक्तिहरूबीचको गहिरो अविश्वासलाई उजागर गरेको छ। Group of Seven द्वारा…

आजको विश्व तीव्र रूपमा प्रविधिमुखी बन्दै जाँदा युद्धको स्वरूप पनि गहिरो परिवर्तनको चरणमा पुगेको छ। कुनै समय बन्दुक, ट्याङ्क र…

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको नवनिर्वाचित कार्यसमितिले पहिलो बैठक तथा रणनीतिक कार्यशाला सम्पन्न गर्दै आगामी कार्यकालका लागि व्यापक…

प्रतिकृयाहरू
...