Sunday 22nd March 2026

नमुना बिश्वकर्मा समाज कुवेत द्वारा मिर्गौला पीडित र भवन निर्माणको लागि आर्थिक सहयोग 


चन्द्र बिश्वकर्मा – नमुना बिश्वकर्मा समाज नेपाल – कुवेतले दुबै मिर्गौला खराब भएको दोलखा जिल्ला कालिञ्चाेक गाउँपालिका -४ गुमु हिलेपानीका रन्जित बिश्वकर्मा र नेपालको सुन्दर नगरी शहर पोखरामा बिश्वकर्माहरुको केन्द्रिय भवन निर्माणका लागि आर्थिक सहयोग गरेको छ ।

नमुना बिश्वकर्मा समाज नेपाल – कुवेतले लामो समय देखि हस्पिटलमा उपचाररत गजमेरलाई २१,००० हजार नेपाली रुपैयाँ आर्थिक सहयोग गरेको छ । त्यसैगरी नेपालको पुर्वको मेची देखि पश्चिमको महाकाली सम्म फैलिएर रहेका बिश्वकर्माहरुलाई एकता गर्ने उदेश्यले निर्माण हुन लागेको भवनको लागि समाजले २१,००० हजार नेपाली रुपैयाँ आर्थिक सहयोग गरेको समाजका अध्यक्ष भिम बहादुर बिश्वकर्माले तितोपाटी लाई जानकारी गराएका छन ।

नमुना बिश्वकर्मा समाज नेपाल – कुवेतले मिर्गौला पीडित र बिश्वकर्माहरुको केन्द्रिय भवन निर्माणका लागि जम्मा ४२,००० हजार नेपाली रुपैयाँ आर्थिक सहयोग गरेको छ । २२ वर्षको युवा उमेरमै दुबै मिर्गौला खराब भएका रन्जित अहिले धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुर अस्पतालमा उपचार गराइरहेका छन । दुबै मिर्गौला खराब भएका रन्जित लाई उनको बाबाले मिर्गौला दिने भएका छन । आर्थिक अभावकै कारण अहिले सम्म मिर्गौला प्रत्यारोपण हुन सकेको छैन ।

सन २०१६ को अन्त्य तिर कुवेतको नेपाली समाजमा स्थापना भएको समाजले कुवेतमा मात्र नभई नेपालमा पनि विभिन्न किसिमका आपत बिपत्तिमा परेका, बिश्वकर्माहरुमा लुकेर रहेको प्रतिभा प्रस्फुटन गराउन आयोजना गरिएका विविध कार्यक्रम र गरिबीहरुलाई सहयोग गर्नुको साथै कुवेतमा दुखमा परेका, अलपत्र परेका र अपांग भएका नेपालिहरुको उद्धारमा पनि निकै महत्त्वपूर्ण भुमिका रहेको छ ।


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

प्रतिकृयाहरू
...