Monday 12th January 2026

प्रेम बचाउ अभियान मूल समितिद्वारा पत्रकार सम्मेलन अन्य खर्च मात्र करिब २३ लाख


तितोपाटी डटकम-प्रेम बचाउ अभियान मूल समितिले हिजो एक पत्रकार सम्मेलन गरि अभियानको आय ब्याय सार्बजनिक गरेको छ । रिपोर्टर्स क्लबमा हिजो पत्रकार सम्मेलनको आयोजना गरि सम्पुर्ण आय ब्याय विवरण सार्वजनिक गरेको हो ।

समितिले सार्वजनिक गरेको विवरण अनुसार समितिमा ९२ लाख ८ सय एकाउन्न, बैंकबाट प्राप्त ब्याज ९ हजार १ सय ४ रुपैयाँ गरि जम्मा ९२ लाख ९ हजार ९ सय पचपन्न जम्मा भएको उल्लेख गरेको छ ।

खर्च तर्फ भने संचार तथा कार्यालय ब्यावस्थपन ६ लाख ९ हजार १५ रुपैयाँ, बैठक तथा अतिथि सत्कार खर्च १ लाख ८८ हजार ७ सय ४७ रुपैयाँ, यातायात खर्च २ लाख ४ हजार ३ सय ९० रुपैयाँ, प्रेमबहादुरका परिवार खर्च ८ लाख ८० हजार ४ सय ६५ रुपैयाँ, स्रोत खोजी १ लाख ३३ हजार ९ सय रुपैयाँ, साउदीमा समन्वय खर्च ३ लाख २५ हजार रुपैयाँ,बिगो बापत रकम भुक्तानी ४३ लाख ३४ हजार १ सय ६ रुपैयाँ र बैंक ब्याज, कर तथा शुल्क ७ सय ८५ रुपैयाँ गरि जम्मा ६६ लाख ७६ हजार ४ सय ८ रुपैयाँ खर्च भएको विवरणमा उल्लेख गरेको छ ।

समितिमा अब २५ लाख ३३ हजार ५ सय ४७ रुपैयाँ बचत रहेको र उक्त रकम कहाँ खर्च गर्ने भन्ने समितिको आगामी बैठकद्वारा निर्णय गरिने समितिका अर्थ विभाग प्रमुख अनिता तम्बुछाले जानकारी गराएकी छिन।
(समाचार साभार:-पत्रकार तथा प्रेम बचाउ अभियान कुवेतका सदस्य कोश राज राइ, जो नेपालमा छुट्टीमा रहदा प्रेम बचाउ अभियान मुलद्वारा आयोजित पत्रकार सम्मेलनमा उपस्थित थिए।)


सम्बन्धित शीर्षकहरु

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

प्रतिकृयाहरू
...