Friday 9th October 2026

कविताः खोला तरकै हाैं लठ्ठी बिर्सिएकै हौं


खोला तरेकै हौं लठ्ठी बिर्सिएक‌ै हौं
जनयुद्ध लडेकै हौ गणतन्त्र ल्याएकै हौं
शहिदका सपना साकार नभए र पो के भो
सर्बहाराका हामी नेताहरु सिंहदरबार छिरेकै हौं
नमस्कार गर्दै गर्दै पाँच पाँच हजार
हात हातमा दिन्छौ भनेकै हौं
नमस्कार फर्काउने फुर्सद छैन
पाँच वर्ष पछि भेटौला भनेकै हौं
बिर्सियौ चटक्कै ती जनयुद्धका अपांगहरु
बिर्सियौ ती घाइते अनि बेपत्ताहरु
बिर्सियौ ती खोलानाला
बिर्सियौं ती पाखापखेरीहरु
कसैले सोध्छन् रुकुम ,रोल्पा,
कसैले सोध्छन् बझाङ ,बाजुरा ,कर्णाली
बिर्सियौं हामीले मधेसी हिमाली अनि पहाडी
हो खोला तरेकै हौ लठ्ठी बिर्सिएकै हौ ।

माधब पाैडेल ‘असल यात्री’


सम्बन्धित शीर्षकहरु

र्वी युक्रेनको दोनेत्स्क क्षेत्रस्थित क्रामाटोर्स्क शहरमा बिहीबार भएको रुसी आक्रमणमा दुईवटा सार्वजनिक बसमा आगलागी हुँदा कम्तीमा ३३ जनाको मृत्यु भएको…

रियाद, २३ असोज। यमनका हुथी विद्रोहीले साउदी अरबको राजधानी रियादस्थित विमानस्थललाई लक्षित गरी क्षेप्यास्त्र आक्रमण गरेको दाबी गरेका छन्। उक्त…

भारत र इजरायलबीचको सम्बन्ध प्रधानमन्त्री नरेन्द्र मोदीको शासनकालमा उल्लेखनीय रूपमा नजिकिएको छ। सन् २०२३ अक्टोबर ७ मा हमासको आक्रमणपछि गाजामा…

प्रतिकृयाहरू
...