Wednesday 21st January 2026

मकाउमा नेपाली युवाले डाँकासँग प्रतिकार गरि महिलाको ज्यान बचाए


तितोपाटी – मकाउमा कार्यरत एक नेपालीक युवाको बहादुररीको अहिले मकाउमा प्रसंसा अनि चर्चा चलेको छ ।

मकाउमा कार्यरत लम्जुङका राम बहादुर केसीले डाकासँग प्रतिकार गरेर दुई महिलाको जिउज्यान र धन बचाइदिएकोमा प्रसंसा र चर्चा गरिएको हो । उनको मकाउबाट प्रकाशित मकाउ पोष्ट लगायतका पत्रिकाहरुहरुमा पनि नाम आएको छ ।

रातीको डिउटीका लागि डाइनेस्टीतर्फ जाने क्रममा सन्मालोबाट आफ्नो गन्तव्यतर्फ जान लागेका केसीले दुईजना महिलाहरु चिच्याएको (चोर–चोर) भनेको सुनेपछि केसी उनीहरु चिच्याएतर्फ दौडिएर गए । त्यहाँ पुग्दा एकजना मानिस ति महिलाको ब्याग खोसेर भागिरहेका थिए भने महिलाहरु चिच्याइरहेका थिए । उनी चोर भएतिर दौडिए । उनले चोरलाई समाएर ती महिलाको व्याग पनि फर्काउन सफल भए तर उनी चोरको प्रतिकार गर्नेक्रममा घाइते भए ।

केही समय भएको लडाइमा चोरी गर्ने ती व्यक्तिले पछाडिको पकेटबाट छुरा निकालेर केसीको पाखुरा, कोखामा प्रहार गर्दा उनी घाइते भएका हुन् । उनले आफू घाइतेरहेको अबस्थामा पनि चोरी गर्ने व्यक्तिलाई प्रहरीलाई पक्राउन सफल भएरै छाडे । अहिले केसीको अस्पतालमा उपचार भइरहेको उनी खतरामुक्त भएको बताइएको छ ।

प्रहरीले उक्त चोरीगर्ने मानिस गैरकानुनी रुपमा मकाउ प्रवेश गरेको पत्ता लगाएको छ । इलिगल रुपमा पसेर चोरीमा संलग्न रहेको मानिसलाई पक्राउ गर्न केसीको सहयोग पुगेको भन्दै प्रहरीले उनको सह्राना गरेको छ ।

केसीको बहादुरीको प्रसंसा गर्दै उनी कार्यरत सेक्युरेटी कम्पनीले उनको उपचारको समग्र खर्च बेर्होने जनाएको छ । साथै उनलाई आरामगर्न भन्दै कम्पनीले १५ दिनको विदा समेत दिएको केसीले बताएका छन् ।

मकाउ म्यानेजमेन्ट कम्पनीमा कार्यरत उनी मकाउ बडिविल्डिङ एसोसियसन नेपाल मकाउको टेक्निसियन युबा संयोजक रहेको पनि मकाउ नेपाल बडिविल्डिङ मकाउका सभापति बाबा भाई (सृजन) ले बताएका छन् ।


सम्बन्धित शीर्षकहरु

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

प्रतिकृयाहरू
...