Friday 9th October 2026

कविताः मात्र योनी


मात्र योनी

सजिलै भोगिन्छ महिलाको शरीर
यहाँ महिलाले आफ्नो हरेक अंगमा
बाहिरै आफ्नो योनी झुन्डाएर हिडेकी हुन्छे
र निमन्त्रणा दिइरहेकी हुन्छे
आउ आउ लोग्ने मान्छेहरु
तिमीहरु मलाइ भोग गर
मेरो योनी तिमीहरुलाइ
भोक मेट्ने साधन हो ।।

म संग यहि
एउटा योनी भएका कारण
कति कति यातनाको सिकार हुनु
बारम्बार बलात्कृत हुनु एकले मात्र हैन
समुहमा आएर बलात्कार गर्ने
त्यतिले नपुगे हत्या हुनु

यो समाजको एउटा पुरुष
तर वास्तवमा उ पुरुष हैन
समाजको कुरुप हो
पुरुषको नामको कलंक हो
जस्ले आफू जन्मेको अस्तित्व बिर्सेर
एउटी महिलालाइ मात्र
भोग हो मेरो सोच्छ ।।

खुट्टा टेक्न जानेकै हुदैनन छोरीहरू
आफन्त बाट लुटिन्छ्न
अस्ताउन लागेका छ्न बुढी आमाहरु
ओछ्यानमा लुटिन्छ्न
कस्तो कहाँ देख्छ्न कि
महिलाले आमन्त्रण गरेको
आउ मेरो शरीर तिम्रो हो
यस्लाइ बलात्कार गर अनि
त्यतिले पनि चित्त नबुझे
यातना दिई दिई मार ।।

के साच्चै पाप हो महिलाको शरीर धारण गर्नु ??
महिला भएर जन्मिनु
हरेक घरमा घट्ने यातना
पनि कहिन कहि
गएर आखिर त्यही
यौनमा टुंग्गीन्छ्न
मात्र महिला साधन हो
मात्र महिला योनी हो
उस्को भोग लगाइनु पर्छ ।।

रमा भट्टराई

कैलाली, नेपाल


सम्बन्धित शीर्षकहरु

र्वी युक्रेनको दोनेत्स्क क्षेत्रस्थित क्रामाटोर्स्क शहरमा बिहीबार भएको रुसी आक्रमणमा दुईवटा सार्वजनिक बसमा आगलागी हुँदा कम्तीमा ३३ जनाको मृत्यु भएको…

रियाद, २३ असोज। यमनका हुथी विद्रोहीले साउदी अरबको राजधानी रियादस्थित विमानस्थललाई लक्षित गरी क्षेप्यास्त्र आक्रमण गरेको दाबी गरेका छन्। उक्त…

भारत र इजरायलबीचको सम्बन्ध प्रधानमन्त्री नरेन्द्र मोदीको शासनकालमा उल्लेखनीय रूपमा नजिकिएको छ। सन् २०२३ अक्टोबर ७ मा हमासको आक्रमणपछि गाजामा…

प्रतिकृयाहरू
...