Friday 9th October 2026

भलै दुधले नुहाएको को छ र यहाँ ?


-माधव पाैडेल ‘असल यात्री’

समाजसेवाको खोस्रो अोड्नेहरु हो
राजनितिज्ञ बनि राल काड्नेहरु हो
चन्द्रमामा त दाग देखिन्छ भन्छन्
मानव हौ तिमी कन्चन हुन्नौ रति
सके भलो गर मनलागे कुभलो पनि
कसले केही भन्नलाकि डरत्रास नमान यँहा
भलै दुधले नुहाएको को छ र यँहा ।।

अाफुले रोपेको ब‍ोट मार्ने युग अायो
अाफ्नै रगतको बैतर्नि तार्ने दिन अायो
पाप धर्मको हिसाब किताब नराख कत्ति
अाफु बन अाफन्तलाई बनाउ अाजै
भोलिको के भर समय कहाँ पुग्छ कहाँ
भलै दुधले नुहाएको को छर यँहा ।।

सपना ठुलो देखाउ ,तारा अाजै झार्छु भन
देशका रैतीहरुलाई अघि बडि मार्छु भन
बोलेको कुरा कसले पूरा गरेका छन् र
बोल मुखमा अाएजति सबै सुन्ने मात्र हुन्
ताली बज्छ वाह वाह अाँउछ सार सारमा यहाँ
भलै दुधले नुहाएको मान्छे को छर यहाँ ।।।


सम्बन्धित शीर्षकहरु

र्वी युक्रेनको दोनेत्स्क क्षेत्रस्थित क्रामाटोर्स्क शहरमा बिहीबार भएको रुसी आक्रमणमा दुईवटा सार्वजनिक बसमा आगलागी हुँदा कम्तीमा ३३ जनाको मृत्यु भएको…

रियाद, २३ असोज। यमनका हुथी विद्रोहीले साउदी अरबको राजधानी रियादस्थित विमानस्थललाई लक्षित गरी क्षेप्यास्त्र आक्रमण गरेको दाबी गरेका छन्। उक्त…

भारत र इजरायलबीचको सम्बन्ध प्रधानमन्त्री नरेन्द्र मोदीको शासनकालमा उल्लेखनीय रूपमा नजिकिएको छ। सन् २०२३ अक्टोबर ७ मा हमासको आक्रमणपछि गाजामा…

प्रतिकृयाहरू
...