Sunday 13th September 2026

कविताः बलात्कारीलार्इ फाँसीको सजायँ हुनुपर्यो सरकार


-माधव पाैडेल “असल यात्री”

कोल्टे फर्दै फर्दै

अाधारात बितिसकेछ ।

मनमा कौतहलता ,देशको चिन्ता,

सम्झना बारम्बार अाइरहन्छ

बिचरी तिनी बलात्कृत अबोध १३ बर्षे बालिका

अनि देश निर्माणमा तल्लिन

ती कानुनका निर्माताहरु ।

सम्झन्छु अाज प्रतिपक्षमा बस्दा

बलात्कारीलाई मृत्युदन्डको सजायको माग राख्ने

त्यो कालो काङ्ग्रेसलाई ।

अाज सदनमा राखेको मागलाई

ह्रदय बिस्याउदै स्वागत गर्छु ।

तर धिक्कार

२००७ सालमा नै यस्तो कानुनको ब्यबस्था गरिदिएको भए

न त निमिता सुनिताको नै पोखरा मा हत्या हुने थियो

न त कयौं अबोध चेलिहरु बलत्कृत हुनु पर्थ्यो ।

अाफ्नो क्षणिक यौवनको प्यास मेटाउन

बालबालिकाहरूलाई खेलौना बनाउने

नरपिचाशको लागि

सिधै फासीको सजाय हुने

कानुन बनाउन कसले रोक्छ सरकार ?

प्रश्न गर्न मन लाग्छ सरकार संग ।

के नेपालको कानुन कट्टर बनाउन

कुन भगवानले रोक्छ

कि कुन महमदले

कि कुन परमेशवरले रोक्छ ।

यसको जवाफ होला त सरकार संग,

सायद नहोला दुर्इ तिहार्इ

नसाको मातमा मात्तिएरै भएपनि

बिन्ति यो देशका घुसखोरी कर्मचारी,

भ्रष्टाचारी नेता र बलात्कारीलाई

सिधै फाँसी हुने कानुन बनाउन

तत्काल संसदमा संशोधन प्रस्ताव ल्याइयोस् ।


सम्बन्धित शीर्षकहरु

कुवेतको आन्तरिक मन्त्रालयले शत्रुतापूर्ण क्षेप्यास्त्र तथा ड्रोनलाई कुवेती सुरक्षा बलले आकाशमै अवरोध गरिरहेको दृश्य खिचेर सामाजिक सञ्जालमा प्रकाशित गर्ने एक…

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ स्थित देउताखोलामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन्।…

स्वीडेनमा आइतबार आम निर्वाचनका लागि मतदान भएको छ। यस चुनावमा वर्तमान प्रधानमन्त्री उल्फ क्रिस्टर्सन नेतृत्वको दक्षिणपन्थी गठबन्धन र पूर्वप्रधानमन्त्री म्याग्डालेना…

प्रतिकृयाहरू
...