Tuesday 24th March 2026

बेलायतमा एकै पटक १० नेपाली सम्मानित


तितोपाटी – लण्डन- बेलायतमा एकै पटक १० नेपाली सम्मानित भएका छन्। नेपाल ब्रिटेन डट कमको ११ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बेलायतका लागि नेपालका राजदूत डा. दुर्गाबहादुर क्षत्री लगायत १० जनालाई सांसद डा. सूर्य पाठकले सम्मान गरे। राजदूत डा. सुवेदीलाई दशककै कूटनीतिज्ञको उपाधिले सम्मान गरियो।

कार्यक्रममा प्रमुख अतिथि सांसद डा. पाठकले नेपालको विकासको बाधक भनेकै वर्किङ कल्चर (काम गर्ने शैली) भएको बताए। उनले भने, ‘हाम्रो देशमा राति काम गर्ने संस्कार छैन्, दिउँसो मात्र काम गरेर देश बन्दैन्। काम नगरिकन बसेर खायो भने सुख हुन्छ भन्ने मानसिकताको अन्त्य नभएका मुलुकमा विकास सम्भव छैन्।’ विदेशमा बस्ने नेपालीका लागि संविधानमा नागरिकतासम्वन्धी प्रस्ट व्यवस्था गरेको बताउदैं उनले भने, ‘नेपालमा सम्पत्ति जोड्न कुनै कानुनीले रोक्दैन्।’

कार्यक्रममा सम्मानित हुने व्यक्तित्वमा डा. पदम सिम्खडा, टोल खाम्चा, कृष्णकुमार राई, ज्ञाम गुरुङ, दिपक श्रेष्ठ, मीन गुरुङ, कमलराज खनाल, कृष्ण ढकाल, जीव बेल्बासे र जसिता गुरुङ रहेका छन्। कार्यक्रममा राजदूत डा. सुवेदी, एनआरएन पूर्वअध्यक्ष सूर्य गुरुङ, शिवजी श्रेष्ठ, डा. पदम सिमखडा, कृष्णकुमार राई, नारायण गाउँले, काउन्सिल थोमश स्टिफिन लगायतले शुभकामना दिएका थिए।

कार्यक्रममा सुस्त मनस्थित भएका बालबालिकासम्बन्धी काम गर्दै आएका आइना बर्कीले परियोजनाबारे कार्यपत्र प्रस्तुत गरेका थिए।


सम्बन्धित शीर्षकहरु

आजको विश्व तीव्र रूपमा प्रविधिमुखी बन्दै जाँदा युद्धको स्वरूप पनि गहिरो परिवर्तनको चरणमा पुगेको छ। कुनै समय बन्दुक, ट्याङ्क र…

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको नवनिर्वाचित कार्यसमितिले पहिलो बैठक तथा रणनीतिक कार्यशाला सम्पन्न गर्दै आगामी कार्यकालका लागि व्यापक…

साउदी अरेबियाको कडा चेतावनी र इरानसँगको द्वन्द्वको सम्भावना खाडी क्षेत्रको भूराजनीतिक परिदृश्यमा एक नयाँ मोड आएको छ।   साउदी अरेबियाका…

प्रतिकृयाहरू
...