Monday 12th January 2026

नेपाली कथानक चलचित्र ‘बोबी’कुवेतमा प्रदर्शन हुँदै


तितोपाटी- नेपाली कथानक चलचित्र ‘बोबी’द रियल लभ स्टोरी कुवेतमा प्रदर्शन गरिने भएको छ। नेपाली चलचित्रलाई माया गर्ने दर्शकहरुको निम्ती उक्त चलचित्र यही आगामी अगस्ट १० तारिक शुक्रबार कुबेत को AL RAI, AVENUES MALL मा दिउसोको ठीक १:३० बजे बाट ४ बजे सम्म प्रदर्शन हुने भएको छ। भने दोस्रो सो कुबेत को फाहिल स्थित (अजीअल मल) मा दिनको ठीक ३: ३० बजे बाट बेलुकी ६:३० बजे सम्मा प्रदर्शन जानकारी दिएको छ।

निर्देशक तथा निर्माता मिलन चाम्सद्वारा निर्मित फिल्म ‘बोबि’ले दर्शकको साथ ,माया पाउन सफल भएको छ । समसामयीक तथा व्यवहारिक जीवनमा आई पर्ने कथावस्तुमा आधारीत यो चलचित्रले आम नेपाल र नेपालीमा मात्र नभई विश्वका सवै नागरिकलाई जीवन जीउन तथा संघर्षका जीवन जिउनको निम्ती एउटा सन्देश जसले जीवन जिउनको निम्ती प्रेरणादायी हुने देखिन्छ ।

उमेश थापा र कविता गुरुङको वास्तविक प्रेम कथामा बनेको फिल्म ‘बोबी’मा उनीहरुकै अभिनय छ रहेको ले पनि दर्शकले मन पराएका छन् । नरेश भटटराई र गिरीराज घिमिरेको संयुक्त लेखन रहेको चलचित्र “बोबि” मा नायीका कविता गुरुङ, नायक उमेश थापा, क्याप्टेन तथा कलाकार विजय लामा, रुवी राणा शाह लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

उक्त फिल्म नेपालभरी प्रदर्शन भएको छ। भने उक्त चलचित्र फ्रान्स, युके, सिंगापुर, युएसए, हङकङ,कुबेत मा धमाधम प्रदर्शन हुँदै छ। ‘बोबी’फिल्म प्रदर्शन बारे बिबिध जानकारीको लागि संपर्क : 66917688, 60025751, 60030356,


सम्बन्धित शीर्षकहरु

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

प्रतिकृयाहरू
...