Friday 9th October 2026

गजल



छैन ताजा खानेकुरा यहाँ,नत शुद्ध जल छ ।
एकाध मात्र पाइन्छ सत्य, जताततै छल छ ।।

बाटो भरि फोहोर मैला,कतै खाल्डा खुल्डी
खोलानालामा मिसाइएको,गन्हाउने ढल छ ।।

अत्याधिक छन् साधनहरु,अनि जामले गर्दा
गन्तव्यमा समय छँदै पुगेको ,न त कुनै पल छ ।।

कोहि सुत्छन् सडकमै,छैन ओत लाग्ने छाप्रो
कसैको चै गगनचुम्बी,सजिसजाउ म~हल छ ।।

एकै नासको छैन जीवन,सबका आफ्नै कथा
कसैलाई छ चरम सुख,काहिँ आँसुको भल छ ।।

(स्रष्टा कमला न्याैपानेको उपरोक्त गजल हाम्रो राजधानीको अवस्था बारेमा लेखिएको हो ।)

कमला न्याैपाने, झापा

हाल – भक्तपुर


सम्बन्धित शीर्षकहरु

काठमाडौँ, २३ असोज। साउदी अरब र यमनका हुथी विद्रोहीबीच चर्किएको सैन्य द्वन्द्वमा पाकिस्तानको भूमिकालाई लिएर नयाँ विवाद उत्पन्न भएको छ।…

काठमाडौं — हिमालयन रि–इन्स्योरेन्स लिमिटेडको कोष अपचलन तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगमा व्यवसायी दीपक भट्टसहित २० व्यक्ति तथा संस्थाविरुद्ध काठमाडौं जिल्ला…

 निकटस्थहरूको घरमा एकैसाथ छापा काठमाडौं — पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग जोडिएका व्यक्तिहरूमाथि राज्यका अनुसन्धान निकायले अनुसन्धान तीव्र पारेका छन्। सम्पत्ति शुद्धीकरण…

प्रतिकृयाहरू
...